Nepal Purbadhar

बेनी-जोमसोम-कोरला सडकको कुनौटामा मार्ग छिचोलियो, सवारी चल्न अझै दुई दिन लाग्ने

कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक, फाइल तस्बिर।


म्याग्दी। बाढीपहिरोका कारण अवरुद्ध चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको कुनौटा भीरमा मार्ग छिचोलिएको छ ।

रघुगङ्गा गाउँपालिका-२ स्थित कुनौटामा असोज ११ गते कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक बगाएको थियो । चार दिनको प्रयासपछि दुईतर्फबाट सडक जोडिएको र अब सवारीसाधन सञ्चालनयोग्य बनाउन एक-दुई दिन लाग्ने सडक योजनाले जनाएको छ ।

बाढीपहिरोले बेनी-जोमसोम-कोरला सडकका ५५ स्थानमा क्षति पुर्‍याएको थियो । सडक मर्मतका लागि १५ ओटा एक्साभेटर, १२ ओटा टिपर र १५ ओटा लोडरसहितका उपकरण परिचालन गरिएको छ ।

सडक विभागका अनुसार बाढीपहिरोबाट करिब ८० देखि ९० करोड रुपैयाँको क्षति भएको छ। कोरला नाका हुँदै हुने व्यापार तथा मुस्ताङको स्याउ, भेडाच्याङ्ग्रा र पर्यटनलाई ध्यानमा राख्दै सडक छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।


Read Previous

कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुदै, प्रदेश र क्लस्टर अनुसार मतदान स्थल फरक

Read Next

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar