Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
सेती लोकमार्ग निर्माण तीव्र पार्न जिल्ला सभाकाे माग    दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा    पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा    निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनको लागि भाडा सम्झौता


ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनको लागि भाडा सम्झौता भएको छ । गोल्यान ग्रुप अन्तर्गतको सिटी होटल र र्‍यांक इन्टरटेनमेन्ट होल्डिङ्सबीच मंगलबार क्यासिनो भाडा सम्झौता भएको हो । सम्झौतामा गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान र र्‍यांक इन्टरटेनमेन्ट होल्डिङ्समन अध्यक्ष रवि विजेरत्नेले हस्ताक्षर गरे ।
काठमाडौंको सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालन हुनेछ । र्‍यांक इन्टरटेनमेन्टको १५ भन्दा बढी क्यासिनोहरूको विश्वव्यापी पोर्टफोलियो रहेको छ । यो श्रीलंकाको सबैभन्दा ठूलो समूह हो । सम्झौतासँगै समूहले अर्थतन्त्र र पर्यटन उद्योगलाई फाइदा पुर्‍याउने, वैदेशिक आम्दानी र लगानी भित्राउने नयाँ क्षेत्रहरूमा लगानी कार्य जारी रहने जनाएको छ ।

हयात प्लेस होटल युनेस्कोको विश्व सम्पदा स्थल, स्वयम्भूनाथ स्तुपा क्षेत्रमा रहेको छ । अनौपचारिक वातावरणमा अनुभवहरू खोज्ने बहु-टास्किङ यात्रीहरूका लागि डिजाइन गरिएको होटलले काठमाडौं उपत्यका वरपरको संस्कृति र आधुनिकताको संकेतका साथ अद्भुत दृश्यहरू प्रस्तुत गर्छ । होटलमा सुत्न, काम गर्न, खेल्नका लागि छुट्टै ठाउँसहित १५३ कोठाहरू छन् ।

साथै शयन कक्षहरूमा सोफा स्लीपर सहितको आरामदायी कुना छ । होटलमा ब्रेकफास्ट बार, झिंग वर्ल्ड अफ फ्लेवर्स, जिकं स्काई बार र लाउन्ज, बजार र बारका साथै जताततै निः शुल्क वाइफाइ, कार्यक्रम स्थल र फिटनेस सेन्टर जस्ता धेरै भोजन विकल्पहरू छन् । क्यासिनोको साथ हयात प्यालेस होटलले आफ्ना अतिथिहरूलाई उनीहरूको अनुभव र सन्तुष्टि बढाउन थप सेवाहरू प्रदान गर्नेछ ।


Read Previous

कसरी र कस्ता पूर्वाधारमा वैदेशिक सहायता लिने ?

Read Next

चुनाव प्रचार–प्रसारमा नाम र तस्बिर प्रयोग भएको प्रति कुलमानको आपत्ति

Leave a Reply

Your email address will not be published.