Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

समुन्नतिका लागि नेपाल पूर्वाधार


पूर्वाधार परियोजनाबारे बुझाईमा देखिएका अस्पष्टता, विवाद र विरोधलाई न्यूनीकरण गरी पूर्वाधारमार्फत राष्ट्र र जनताको समुन्नतिमा पुग्ने योगदानलाई सकारात्मक रुपमा फैलाउने हाम्रो लक्ष्य छ ।

ठूला पूर्वाधार निर्माणका लागि नेपालमा अवसर नै अवसर छन् । ठूला विमानस्थल, जलाशययुक्त जलविद्युत आयोजना, रेलमार्ग, सुरुङ, व्यवस्थित सहरलगायत निर्माणको कमीलाई अवसरकोरूपमा वास्तविकतामा बदल्न सम्भव छ । तर, यसका लागि एउटा दृढ अठोट र प्रतिबद्धताको अभाव छ । प्रतिबद्धता र अठोटको लागि राजनीतिज्ञ, नीति निर्माता, विकासकर्ता र नागरिकमा दृढता, क्षमता, दक्षता र अनुशासन आवश्यक पर्छ ।

पूर्वाधार सम्बन्धी ज्ञान र अनुभव आवश्यक हुन्छ । छिमेकी मुलुकहरूमा निर्माण भएका ठूला पूर्वाधारका कथाहरू भौतिक र भर्चुअल रूपमा हामी अधिकांश नेपालीले देखेका छौं । यस्ता पूर्वाधार नेपालमै भइदिए भन्ने परिकल्पना पनि गर्छौं । यस्ता अधिकांश परिकल्पना पूरा भएका छैनन् । निर्माणाधीन र थालनी गर्ने भनेर तयारी गरिरहेका योजनाहरूको प्रगतिमा ढिलाई भईरहेको छ ।

यस्तो बेलामा ठूला पूर्वाधार निर्माणका लागि सबैबीच सकारात्मक मानसिकताको विकास पनि अपरिहार्य भैसकेको छ । राजनीतिज्ञसँग हुने सकारात्मक भिजनदेखि नागरिकमा हुने सकारात्मक सहभागिताले ठूला पूर्वाधार निर्माण सम्भव बनाउँछ । ठूला पूर्वाधार निर्माणका लागि सकारात्मक भावना जागृत गराउनका लागि धेरै क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । यसमध्ये एउटा महत्त्वपूर्ण क्षेत्र मिडिया हो । यसमा पनि सूचना प्रविधिको उच्च विकास र यसको विस्तारसँगै अनलाइन मिडिया सबैभन्दा महत्वपूर्ण भएको छ ।

अब राजनीतिज्ञ, नीति निर्माता, कर्मचारीतन्त्रदेखि समाजका सबै पक्षले मिडियामा आएको सूचना र जानकारीको आधारमा धारणा बनाउने हुनाले पूर्वाधार निर्माणलाई गतिशिल बनाउनका लागि यसको भूमिका अतुलनीय छ । यसै दृष्टान्तलाई विश्लेषण गरी हामीले पूर्वाधार र यससँग सम्बन्धित विषयमा केन्द्रित नेपाल पूर्वाधार डटकम र नेपाल इन्फ्रास्ट्रक्चर डटकम अनलाईन समाचार पोर्टल सञ्चालनमा ल्याएका हाैं ।

देशको अर्थतन्त्रदेखि नागरिक जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधार क्षेत्रमा केन्द्रित हुने यस पोर्टलले विशेष गरी ऊर्जा, भौतिक पूर्वाधार, सहरी विकास, सुचना प्रविधि, पर्यटन र अर्थतन्त्रलाई समेट्ने लक्ष्य लिएको छ । पूर्वाधारसम्बन्धी सम्पूर्ण सामाग्री पस्कने समाचार पोर्टलको रूपमा यसलाई स्थापित गराउने हाम्रो प्रयास हुनेछ । विशेषगरी घटनाप्रधानसँगै खोजी समाचार र विचारप्रधान सामाग्रीलाई हामीले प्राथमिकता राखेका छौ । पूर्वाधार र यससँग सम्बन्धित विषय बढी प्राविधिक र जटिल भएकोले यसबारे बुझाउन कठिन छ, तर हामीले कुनै पनि पूर्वाधार परियोजनाहरूलाई सरल र सहज रूपमा बुझाउने प्रयत्न गर्नेर्छाै ।

पारदर्शीता र सुशाससँगै ठूला पूर्वाधारबारे राजनीतिज्ञ, नीतिनिर्माता, कर्मचारीतन्त्र, विज्ञ, व्यवसायिक व्यक्तित्व र नागरिकलगायतका सबै सरोकारवाला निकायबीचको बुझाइमा एकरुपता ल्याउनका लागि हाम्रो पहल हुनेछ । पूर्वाधार परियोजनाबारे बुझाईमा देखिएका अस्पष्टता, विवाद र विरोधलाई न्यूनीकरण गरी पूर्वाधारबाट राष्ट्र र जनताको समुन्नतिमा पुग्ने योगदानलाई सकारात्मकरूपमा फैलाउने हाम्रो लक्ष्य छ ।

ठूला पूर्वाधार परियोजनाका लागि सकारात्मक ऊर्जा प्रवाह गरेर विकासमा बहार ल्याउने र पूर्वाधारबाट हुने नकरात्मक असरलाई सकारात्मक तवरबाट सम्बोधन गर्नेतर्फ सदैव प्रयत्नशील रहनेछौं । आयोजना प्रभावितलाई पहिलाभन्दा गुणस्तरीय जीवन यापनका लागि पहल, पैरवी र प्रयासमा हामी केन्द्रित हुनेछौं ।

हामी सामान्यदेखि ठूला पूर्वाधार निर्माणलाई सबै सरोकारवालाहरूले विना अवरोध समन्वय, सहजीकरण र सहयोग गरेर समुन्नत नेपाल निर्माणमा सहयोग गर्नुपर्छ भन्ने सकारात्मक विचार, भावना र जानकारी दिने कामलाई आफ्नो मूलमन्त्रको रुपमा अंगीकार गर्छौं । तर, पूर्वाधार निर्माणको नाममा हुने असन्तुलन, अपारदर्शीता, अनियमितता र कुशासनको विरुद्धमा निरन्तर खबरदारी गरिरहनेछौं ।

पूर्वाधार निर्माणबाट देश र जनता दुवैको स्तर अभिवृद्धि गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वास गर्छौं । यस्तो विकास समावेशी, सन्तुलित र दिगो हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।


Read Previous

६६ वर्षमा रणनीतिक र स्थानीय सडकको लम्बाई १ लाख किलोमिटर

Read Next

‘पूर्वाधारबारे सञ्चारमाध्यमले स्पष्ट र यथार्थ जानकारी दिन सक्नुपर्छ’

Leave a Reply

Your email address will not be published.