Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

‘पूर्वाधारबारे सञ्चारमाध्यमले स्पष्ट र यथार्थ जानकारी दिन सक्नुपर्छ’


काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रायलका सचिव देवेन्द्र कार्कीले नेपालमा पूर्वाधारका ठूला आयोजना निर्माण गर्न डराउने अवस्था रहेको बताएका छन् । आइतबारदेखि सञ्चालनमा आएको नेपाल पूर्वाधार डटकम र नेपाल इन्फ्रास्ट्रक्चर डटकमको औपचारिक शुभारम्भ कार्यक्रममा उनले पूर्वाधार निर्माणमा भन्दा भाड्नमा उद्त रहेको र त्यसो गर्नको लागि पत्रकारदेखि नागरिक समाज र कर्मचारीतन्त्रदेखि राजनीतिक नेतृत्वसम्म जिम्मेवार रहेको बताए ।

एमसीसीदेखि फास्ट ट्र्याक र जलाशययुक्त आयोजना समेतमा स्पष्ट र यथार्थ विषय समयमा नै बुझाउन नसक्दा समस्या आएको उनको भनाइ छ । पूर्वाधार बनाउँदा केही न केही क्षति हुने भए पनि त्यसलाई न्यूनीकरण गर्न सकिने र सकारात्मक विषय वाहिर ल्याउन सकिनेमा उनले जोड दिए । ‘अहिले विज्ञ नबोल्दा पनि समस्या आएको र प्राविधिक तथा आर्थिक सामाजिक पाटोलाई केलाएर मात्र बोल्ने हो भने पनि धेरै सुधार ल्याउन सकिनेछ’ उनले भने । यस विषयलाई जनमानसमा ल्याउन र प्रभावकारी रुपमा बुझाउन मिडियाले ठूलो भूमिका खेल्न सक्नेछ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सनसनीखेज समाचारको बोलवाला भएको बेला पूर्वाधार जस्तो क्षेत्रलाई केन्द्रित बनाएर अनलाइन चलाउन खोज्नु प्रशंसनीय विषय भएको उल्लेख गरे । ‘अनलाइन पूर्वाधार क्षेत्र र अन्य विषयसँग जोडिएकाको लागि पनि यो जानकारीमूलक र जान्नुपर्ने विषय समेटिएको पाँए’ उनले भने ।

‘स्कुप’ बनाउने नाममा हत्तपत्त सूचना सम्प्रेषण गर्ने र त्यसले जनमानसमा भ्रम छर्ने कमजोरी पत्रकारिता क्षेत्रमा रहेको उनको भनाइ छ । एकपटक प्रशारण गरेपछि पुन जतिपटक सुधार गर्न खोजेपनि कठिन हुने गरेको र यस्ता गल्ती गर्नबाट नेपाल पूर्वाधार डटकम जोगिने अपेक्षा गरेको बताए ।

पूर्वाधार क्षेत्रमा अध्ययन गरेर सूचना सम्प्रेषण गर्दा सही सूचना प्रवाह हुने र नीतिनिर्माण तहमा पनि सुधार ल्याउन सकिने सचिव डा. अर्यालको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले पूर्वाधार क्षेत्रमा अहिले आम जनमानसमा पनि भ्रम रहेको उल्लेख गरे । त्यस्ता भ्रमलाई चिर्ने र आम जनतालाई यथार्थ विषय बुझाउनेतर्फ नेपाल पूर्वाधार डटकम अग्रसर हुने आशा रहेको बताए ।

‘सबैभन्दा महत्वपूर्ण विषय भनेको कुनै पनि मिडियाले भ्रम नछरौ । प्रशंसा चाहिएन, तर, जे भएको हो त्यही कुरो बाहिर आइदियो भने त्यो मुलुककै लागि पनि राम्रो हुन्छ’ उनले भने । त्यसरी सञ्चार गर्ने सञ्चार माध्यमको पनि विश्वसनीयता बढ्ने उनको भनाइ छ । अहिले धेरै विषय राजनीति केन्द्रित भएकाले पनि पूर्वाधारसम्बन्धी विषयलाई यस पोर्टलले समेट्ने उल्लेख गरे ।

शुभारम्भ कार्यक्रमका केही फोटाहरु


Read Previous

समुन्नतिका लागि नेपाल पूर्वाधार

Read Next

पछिल्ला ४ महिनामा १ लाख ३७ हजार पर्यटकले गरे नेपाल भ्रमण

Leave a Reply

Your email address will not be published.