Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यलाई सघाउन अमेरिकाको ८० अर्ब अनुदान


काठमाडौं । नेपालको मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यमा सघाउन अमेरिकाले ७९ अर्ब ७१ करोड रुपैयाँ (६५९ मिलियन अमेरिकी डलर) अनुदान सहायता गर्ने भएको छ । सहायता सम्झौता पाँच वर्षसम्म कार्यन्वयन हुनेछ भने नेपाल र अमेरिकाबीच वृहत्तर विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन खर्च गरिनेछ ।

विहीबार सहायतासम्बन्धी सम्झौतामा अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासको लागि अमेरिकी सहायता नियोग (यूएसएआइडी) का अधिकारीबीच हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरीप्रसाद अर्याल र युएसएआइडीका तर्फबाट नेपाल मिसन निर्देशक सेपिदेह केवंशदले सहायता सम्झौतामा हस्ताक्षर गरे ।

यस सहायतामार्फत सरकार, नागरिक समाज, निजी क्षेत्रसँग सहकार्य हुनेछ । अमेरिकी सहयोगले नेपालको दीगो विकास लक्ष्य हासिल गर्न सहायोग पुग्ने विश्वास छ । लोकतान्त्रिक शासन व्यवस्था, उद्यमशील केद्रित आर्थिक विकास, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपलाई सहन सक्ने र बलियो समुदायको विस्तारमार्फत दीर्घकालीन लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा छ ।

सहायता रकम सरकारको रातो किताब (बजेट प्रणाली) मा उल्लेख हुनेछ र पारदर्शी रुपमा कार्यान्वयन गरिनेछ । सहायता रकममार्फत निर्माण हुने आयोजनाहरु सम्बन्धित मन्त्रालयअन्तर्गत रहेर सम्झौता गरिनेछ । साथै नेपाल सरकारको नियमअनुसार हुनेछ ।

कार्यक्रमममा महाशाखा प्रमुख अर्यालले अमेरिकाको आर्थिक र प्राविधिक सहयोगले नेपालको सामजिक आर्थिक विकासका काम अघि बढाउन महत्वपूर्ण योगदान पुगेको बताए । ‘यो सहायता पहिलो पटक पूर्ण रुपले रातो किताबमा अभिलेख हुने भएकाले पनि महत्वपूर्ण छ’ उनले भने ।

त्यस्तै, निर्देशक सेपिदेह केवंशदले सहायता सम्झौताले नेपाल अमेरिकाको लामो सहकार्यमा नयाँ अध्याय थपिएको बताइन । ‘अमेरिका सधै नेपालमा लोकतन्त्र, शासन व्यवस्था र आर्थिक समृद्धि गराउने काममा सहयोग गर्न प्रतिवद्ध छ’ उनले भनिन् ।

यो वर्ष नेपाल र अमेरिकाबीच द्धिपक्षीय सम्बन्ध ७५ वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी मनाइरहेका छन ।


Read Previous

दोलखामा उत्पादित विद्युत स्थानीय क्षेत्रमा वितरण, गुणस्तरमा सुधार

Read Next

आन्तरिकलाई २ सय र बाह्य यात्रुलाई ३ सय प्रतिशतसम्म हवाई सेवा शुल्क वृद्धि

Leave a Reply

Your email address will not be published.