Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

आन्तरिकलाई २ सय र बाह्य यात्रुलाई ३ सय प्रतिशतसम्म हवाई सेवा शुल्क वृद्धि


काठमाडौं/ सरकारले विमानस्थल यात्रु सेवा शुल्कमा भारी वृद्धि गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक सुचना जारी गर्दै आन्तरिक यात्रुका लागि दुई सय प्रतिशतसम्म र वाह्य यात्रुका लागि तीन सय प्रतिशतसम्म सेवा शुल्क वृद्धि गरेको हो । विमानस्थल सेवा शुल्क नियमावली २०७८ संसोधन गर्दै वृद्धि गरिएको सेवा शुल्क आगामी १४ जेठदेखि लागु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आन्तरिक सेवा शुल्क कम्तीमा एक सयदेखि २ सयसम्म रहेकोमा वृद्धि गरी ३ सयदेखि ५ सय रुपैयाँ र बाह्य यात्रुलाई  कम्तीमा ७ सय ५० रुपैयाँ रहेकोमा तीन हजार रुपैयाँ पुगेको छ । चैत ३० गते मन्त्रिपरिषले पारित भएको विमानस्थल सेवा शुल्क नियमावलीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक हवाई यात्रुसँग प्रतिव्यक्ति ५ सय रुपैयाँ यात्रु सेवा शुल्क तोकिएको छ । यसअघि सो शुल्क दुई सय रुपैयाँ थियो ।

यसैगरी चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, गौतमबुद्ध, लुक्ला, जोमसोम, नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलबाट यात्रा गर्नेले यात्रुसेवा शुल्क वापत ४ सय रुपैयाँ तिर्नु पर्नेछ । यसअघि सो शुल्क दुई सय रुपैयाँ थियो ।

यसैगरी तुम्लिङटार, फाप्लु, रामेछाप, मेघौली, सिमिकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामिडाँडा, रुम्जाटार, खानीडाँडा, दाङ, मनाङ, बाजुरा, डोल्पा, डोटी, बैतडी, रुकुम सल्ले, रुकुम चौरजहारी, बझाङ र साँफैवगर विमानस्थलबाट यात्रु गर्ने यात्रुले यात्रु सेवा शुल्क वापत प्रतियात्रु ३ सय रुपैयाँ तिर्नु पर्नेछ । यसअघि सो शुल्क एक सय रुपैयाँ मात्र थियो ।

यसअघि सार्क राष्ट्रका लागि उडान गर्ने अन्तर्राष्ट्रिय यात्रुको हकमा ७ सय ५० रुपैयाँ र अन्य यात्रुको हकमा एक हजार रुपैयाँ यात्रु सेवा शुल्कबाट रकम संकलन गर्ने व्यवस्था भएकोमा नयाँ नियमावलीले वृद्धि गरेर अन्तर्राष्ट्रिय सबै यात्रुको लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँ कायम गरेको छ ।


Read Previous

मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यलाई सघाउन अमेरिकाको ८० अर्ब अनुदान

Read Next

२ सय मेगावाट विद्युत भारतमा बेच्न टेण्डर आह्वान

Leave a Reply

Your email address will not be published.