Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

दोलखामा उत्पादित विद्युत स्थानीय क्षेत्रमा वितरण, गुणस्तरमा सुधार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२/३३ केभी सिंगटी सबस्टेसनबाट दोलखा जिल्लामा विद्युत वितरण गर्न सुरु गरेको छ । दोलखामा सञ्चालित जलविद्युत आयोजनाको विद्युत स्थानीय क्षेत्रमा नै वितरण गर्ने उद्देश्यले गत मंगलबार (बैशाख २० गते) बाट सबस्टेसनमार्फत सेवा दिन सुरु गरेको हो ।

सबस्टेसनको ट्रान्सफर्मरबाट ३३ केभी ‘बे’ को निर्माण गरी जिल्लामा विद्युत वितरण कार्य सुरु गरिएको प्राधिकरण दोलखा वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । ‘पहिले लामोसाँघु सबस्टेसनबाट लगिएको लाइनबाट जिल्लामा विद्युत वितरण हुँदै आएको थियो । लामो लाइन भएकाले ट्रिपिङको समस्या धेरै थियो’, उनले भने, ‘अब सिंगटी सबस्टेसनबाट जिल्लाबासीले विद्युत पाउन थालेका छन् ।’

उनले सिंगटी सबस्टेसनबाट सेवा दिन थालेपछि जिल्लाको विद्युत वितरण प्रणालीमा सुधार भई उपभोक्ताले गुणस्तरीय विद्युत उपयोग गर्न पाएको बताए । अब सिंगटी सबस्टेसनमा जोडिएका जोडिएका आयोजनाको विद्युत पहिले स्थानीय क्षेत्रमा नै वितरण हुने र बढी भएको हकमा मात्रै अन्यत्र बढाइने पनि प्राधिकरणले जनाएको छ ।

यो सबस्टेसनमा २५ मेगावाटको सिंगटी, ११ मेगावाटको तल्लो खारेखोलालगायत आयोजनाको विद्युत जोडिएको छ । यहाँ जोडिने केही आयोजना निर्माणाधीन छन् । केही अब निर्माणमा जाने तयारीमा छन् ।

सिमीगाउँमा राष्ट्रिय प्रणालीको विद्युत पुग्यो

जिल्लाको गौरीशंकर गाउँपालिकाको बिकट सिमीगाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । प्राधिकरणले विद्युतीकरण विस्तार गरी गाउँपालिकाको ९ नम्बर वडास्थित यस गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याएको हो ।

भौगोलिकरूपमा बिकट गाउँका ७१ घरधुरी प्राधिकरणको विद्युत सेवाबाट प्रत्यक्ष लाभान्वित भएको ढकालले बताए । उनका अनुसार यो गाउँमा थप ५० घरधुरीमा पनि विद्युत पहुँच पुर्याउन प्राधिकरणले काम गरिरहेको छ ।

प्राधिकरणले विस्तार गरेको विद्युत पहुँच पुग्नुअघि स्थानीयबासीले गाउँमा सञ्चालित लघुजलविद्युत केन्द्रको विद्युत उपयोग गर्दै आएका थिए । प्राधिकरणले यो गाउँमा विद्युतीकरण विस्तार गर्न २ वर्षअघिबाट योजना बनाएको थियो ।

काम सुरु गरेको छोटो समयमा नै सम्पन्न गरेर गाउँमा विद्युत पहुँच पुर्याएको उनले बताए । ९ नम्बर वडाको टासिनाम गाउँमा भने ५ वर्षअघि विद्युत पहुँच पुगेको थियो । वडाको बेदिङ, क्याल्छे दोभान, सुमुर्चे र ना गाउँमा अझै विद्युत पहुँच पुग्न बाँकी छ ।

यी गाउँमा राष्ट्रिय प्रणालीको विद्युत पुर्याउन काम भइरहेको वितरण केन्द्रले जानकारी दिएको छ । बेदिङ गाउँमा बैशाखभित्र विद्युत पहुँच पुर्याउने काम गरिरहेको वितरण केन्द्रले जनाएको छ ।

जिल्लाको अधिकांश जनतामा विद्युत पहुँच पुगिसकेको छ । भौगोलिकरूपमा बिकट क्षेत्रमा सडक सञ्चालन नपुगेकाले विद्युतीय संरचनाको उपकरण मानिसलाई नै बोकाएर लैजानु पर्ने बाध्यताले विद्युत पहुँच पुर्याउन समय लागेको ढकालले बताए । जिल्लामा अहिलेसम्ममा करिब ९८ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुगिसकेको छ ।


Read Previous

हचुवामा निणर्य गर्ने प्रवृत्तिले नेपालको अर्थतन्त्र जोखिमतिर जान सक्ने वाग्लेको विश्लेषण

Read Next

मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति हुने लक्ष्यलाई सघाउन अमेरिकाको ८० अर्ब अनुदान

Leave a Reply

Your email address will not be published.