Nepal Purbadhar

नेपाल ल्याइयो थप तीन आरोहीको शव- तस्वीरहरूमा हेर्नुहोस्


काठमाडौं। पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ।

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एअरवेजमार्फत मंगलबार अपराह्न नेपाल ल्याइएको हो। उनीहरूको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिनेछ।

साउन १४ गते ब्रोड पिकमा गएको हिमपहिरोमा परी उनीहरू तीन जनासहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’ र नवाङ थिन्डु शेर्पाको मृत्यु भएको थियो। घटनामा अन्य ४ जनाको समेत ज्यान गएको थियो।

युक्ताको शव साउन २१ गते नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि गरिएको थियो। निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि लन्डनमा गरिने जनाइएको छ। नवाङ थिन्डुको शव भने भौगोलिक कठिनाइका कारण अझै संकलन हुन सकेको छैन।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

इप्पानद्वारा विद्युत् विकास विभागसमक्ष १३ बुँदे माग, पीपीए नभएकोमा अनुमतिपत्र खारेज नगर्न आग्रह

Read Next

ग्लोबल आइएमई बैंकको नाइमा एक्सपो लक्षित विशेष अफर, ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar