Nepal Purbadhar

तुलसीपुर उपमहानगरले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र, पूर्वाधार निर्माणमा जोड


दाङ। तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गर्दै विभिन्न पूर्वाधार निर्माणका काम सम्पन्न गरेको जनाएको छ।

उपमहानगरपालिकाका अनुसार वडा नं. ४ स्थित रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर तथा राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटर सडक कालोपत्र गरिएको हो। अन्य विभिन्न सडकखण्डमा गरिएको कालोपत्रसहित कुल १५ किलोमिटर सडक निर्माण सम्पन्न भएको जनाइएको छ।

सडकसँगै उपमहानगरले नौ हजार ९५८ मिटर पक्की नाला निर्माण गरेको छ। यस अवधिमा तीनवटा वडा कार्यालय भवन निर्माण, एउटा स्वास्थ्य चौकी भवनमा थप तला निर्माण, एउटा माध्यमिक विद्यालयको आठ कोठे भवन तथा एउटा प्राथमिक विद्यालयको दुई कोठे भवन पनि निर्माण गरिएको छ।

त्यस्तै, गत आर्थिक वर्षमै व्यवस्थित हाटबजार स्थल निर्माण र रातामाटा सिँचाइ कुलो निर्माणको काम पनि सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले सडक, शिक्षा, स्वास्थ्य, कृषि तथा प्रशासनिक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै विकास निर्माणका कामलाई अघि बढाइरहेको जनाएको छ।


Read Previous

पहिरोले थुनियो पोखराको सेती नदी, पानीको सतह करिब ५० मिटर बढ्यो (फोटोहरू सहित)

Read Next

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, एक वर्षमा २७ करोडभन्दा बढी पर्यटन राजस्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar