Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

निर्माण व्यवसायीले गरे देशभर ‘कन्स्ट्रक्शन होलिडे’


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि देशभर कन्स्ट्रक्शन होलिडे (निर्माणका काम नगर्ने) शुरु गरेका छन् । महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले कन्स्ट्रक्शन होलिडे गरिएको बताए । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरेर ‘कन्स्ट्रक्शन होलिडे’ को घोषणा गरेका थिए ।

महासंघले निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्थामा नआएसम्म निर्माणका काम रोक्ने जानकारी दिएको छ । कन्स्ट्रक्शन होलिडेको अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने रोकिने छैन ।

महासंघले कन्स्ट्रशन होलिडे वाहेक थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । त्यसमा ७७ जिल्ला संघहरुले आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा १३ वैशाखदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको छ ।

पछिल्लो समयमा निर्माण सामाग्रीहरूमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनका केही त्रुटिपूर्ण बुँदा लगायतका कारणले निर्माण उद्योग धराशायी भएको अध्यक्ष सिंहको भनाइ छ । ‘निर्माण उद्योगमा आबद्ध १७ हजार भन्दा बढी व्यवसायीहरू पेशाबाटै पलायन हुने स्थिति देखापरिसकेको र उनीहरूमा आश्रित लाखौंं परिवारको भविष्य अन्यौलमा परेको छ’ अध्यक्ष सिंहले भने ।

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालले विमा समितिको कार्यालयअघि आयोजना गरेको धर्ना कार्यक्रम ।

निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको बारे प्रधानमन्त्री, मन्त्रीहरू, मुख्य सचिव, सचिवहरू लगायत सरोकारवाला सबैको समयमै ध्यानाकर्षण गराई माग पूरा गर्ने समयसीमा दिँदा समेत कुनै सुनुवाई नभएको महासंघले जनाएको छ ।
अप्रत्यासित रुपमा मूल्यवृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माण कार्य सुचारु गरेको नजिर छ । सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघको छ ।

यसैगरी पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै वैशाख ८ र ९ गते सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा एक—एक घण्टा धर्ना दिएको थियो । महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरूले विहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालय र दिउँसो १ बजेदेखि २ बजेसम्म बीमा समितिको कार्यालयमा धर्ना दिएका थिए ।

धर्नामा सहभागीहरूले निर्माण सामाग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतका नारा लगाएका थिए । बीमा निर्देशिका खारेजी सम्बन्धी महासंघको आन्दोलनमा स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल, ईप्पानले पनि ऐक्यवद्धता जनाएको छ ।

महासंघको धर्ना कार्यक्रममा ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य सहितका व्यवसायीहरूको पनि सहभागिता रहेको थियो । निर्माण कार्यमा अत्यन्त व्यस्त रहनु पर्ने अहिलेको सिजनमा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रनु रहर नभई बाध्यता भएको महासंघका महासचिव रोशन दाहालले बताए । माग पूरा नभए अझ सशक्त आन्दोलन गरिने उनको भनाइ छ ।


Read Previous

६४ मेगावाट विद्युत खेर जान नदिने प्राधिकरणको प्रतिबद्धता, दोर्दी कोरिडोर बैशाखभित्र सम्पन गरिने

Read Next

‘बजेटको विश्वसनीयतामै समस्यै समस्या’

Leave a Reply

Your email address will not be published.