Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

‘बजेटको विश्वसनीयतामै समस्यै समस्या’


काठमाडौं/ नेपालमा बजेटको विश्वसनियतामै समस्या रहेको सरोकारवाला निकायका प्रतिनीधीहरुले बताएका छन् । बजेट बाँडफाँड र खर्च दुवैमा समस्या रहेको उल्लेख गर्दै उनीहरुले पछिल्ला बर्षहरुको बजेटमा विचलन बढ्दै गएको उल्लेख गरे ।

इन्टरनेशनल बजेट पार्टनरसिप (आईबीपी) र फ्रिडम फोरमले सोमबार संयुक्त रुपमा आयोजना गरेको दिगो विकास लक्ष्य (एसडीजी) मा उत्तरदायित्व र बजेट विश्वनियताबारेको छलफलमा उनीहरुले बजेट बाँडफाँड र कार्यान्वयन दुवैमा समस्या रहेको बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै फिडम फोरमका तारानाथ दाहालले २०७४/०७५ देखि तीन बर्षको बजेट विश्लेषणबाट एसडीजी बजेटको विश्वसनियता सम्बन्धी अध्ययनले बजेटमा लगानी र खर्च कम हुँदै गएको बताए । यसमा विचलन आएको उनको भनाइ छ । दाहालका अनुसार एसडीजीमा आधारित भएर अझै बजेटको परीक्षण हुन नसेकेको, एसडीजी बजेट बाँडफाँडबारे अझै स्पष्टता छैन ।

आईबीपीकी वरिष्ठ कार्यक्रम अधिकृत क्लेयरले आफ्नो कार्यपत्रमा एसडीजी लक्ष्य हासिल गर्न लगानीको खाडल रहेको उल्लेख गरिन । कुल १४ देशमा गरिएको अध्ययनले खर्चको अवस्था कमजोर रहेको र यो प्राथमिकतामा पनि नपरेको बताइन ।

बाग्मती प्रदेश सभाका सदस्य रमेश पौडेलले सरकारले बजेट तथा कार्यक्रम र नीति प्रस्तुत सही तरिकाले गरे पनि बजेट भने यसको विपरित बाँडफाँड गर्ने गरिएको बताए ।

कार्यक्रममा संसदको सार्वजनिक लेखा समितिका सचिव एवं संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विदेशी सहायतामध्ये ४७ प्रतिशत अझै पनि ‘अफ ट्रेजरी’ बाट खर्च भईरहेको उल्लेख गरे । यसले बजेटमा मनोमानी भइरहेको उनको भनाइ छ । देशमा बजेट भएपनि यसको सही व्यवस्थापन हुन नसकेको र अर्थ मन्त्रालयबाट बजेटको मनोमानी रुपमा हेरफेर हुने गरेको उनको भनाइ छ ।

पुर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले सरकारको दीर्घकालीन सोच, नीति र मध्यकालीन खर्च संरचना (एमटीएफ) लगायतका प्रक्रिया पूरा गरेर मात्र बजेट बनाउने गरिएको बताए । तर, बजेटको पारदर्शीतामा भने समस्या रहेको उल्लेख गरे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव गोपी खनालले चुनावीमुखी बजेटले गर्दा समस्या देखिएपनि वित्तीय शुसासन कार्यम गर्नका लागि मन्त्रालयले प्रयास गरिरहेको बताए । राष्ट्रिय योजना आयोगका एसडीजी तथा अन्तर्राष्ट्रिय विभागका कार्यक्रम निर्देशक डा. नारायण पौडेलले एसडीजी कार्यान्यन गर्नका लागि कुल ५ खर्ब ८५ अर्ब आवश्यक रहेको जानकारी दिए ।

यसमा निजी क्षेत्रको ३६ प्रतिशत लगानी आवश्यक रहेको उनको भनाइ छ । एसडीजी लक्ष्यमा कोभिडले पारेको असरबारे आयोगले अध्ययन गरिरहेको छ । महालेखा परीक्षकको कार्यालयका नायब महापरीक्षक घनश्याम पराजुलीले बजेटको रकमान्तरका साथै यसको वर्गीकरणमा समस्या रहेको बताए । नागरिक समाजकी प्रतिनीधि प्रतिमा गुरुङले सरकारले नागरिक समाजको भूमिकालाई साँघु¥याउदै लगेको र यसलाई न्यूनिकरण गर्नुपर्ने बताइन ।


Read Previous

निर्माण व्यवसायीले गरे देशभर ‘कन्स्ट्रक्शन होलिडे’

Read Next

न्यादी आयोजनाले परीक्षण उत्पादन थाल्यो

Leave a Reply

Your email address will not be published.