Nepal Purbadhar

नेपाल टेलिकमको ‘फिफा विश्वकप २०२६ टिभी प्याकेज’मा समस्या आयो? यो नम्बरमा सम्पर्क गर्नुहोस्


काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा वर्ल्ड कप २०२६ टीभी प्याकेज’ उपलब्ध गराएको तथा उक्त प्याकेज सम्बन्धी कुनै समस्या वा गुनासो भएमा सम्पर्क गर्न सकिने नम्बर सार्वजनिक गरेको छ।

टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्याकेज खरिदका क्रममा समस्या आएमा वा कुनै गुनासो भएमा ग्राहकले १९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। साथै, वैकल्पिक रूपमा ०१–५९७००१९ नम्बरमा पनि सम्पर्क गरी आवश्यक सहयोग लिन सकिने व्यवस्था गरिएको छ। प्राप्त गुनासो तथा समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका अनुसार एनटीटीभी का सबै ग्राहकले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी फिफा विश्वकप २०२६ का सबै खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

त्यसैगरी वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको ‘इन्टरनेट ह्विद प्रिमियम आईपीटीभी प्याकेज’ नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबीपीएस भन्दा कम गतिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा स्तरोन्नति (अपग्रेड) गर्ने ग्राहकले फिफा विश्वकप २०२६ टिभी प्याकेज बोनसका रूपमा निःशुल्क प्राप्त गर्न सक्नेछन्।

बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१४१६३# डायल गरी प्राप्त निर्देशनअनुसार सेटटप बक्सको म्याक एड्रेस उपलब्ध गराउनुपर्नेछ।

टेलिकमले एनटीटीभी ग्राहकलाई टेलिभिजनमार्फत हिमालयन स्पोर्ट्स च्यानल चयन गर्दा विशेष इन्ट्री स्क्रिन उपलब्ध हुने जनाएको छ। उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राखेपछि ओटीपी प्राप्त हुनेछ। ओटीपी प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तत्काल सक्रिय हुनेछ।

ग्राहकले नजिकैको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रबाट समेत उक्त प्याकेज सक्रिय गर्न सक्ने टेलिकमले जनाएको छ। फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कम्पनीले चौबीसै घण्टा ग्राहक सहायता सेवा सञ्चालनमा राखेको जनाएको छ।


Read Previous

भारतमा सैन्य विमान दुर्घटना, मानवीय क्षतिको विवरण आउन बाँकी

Read Next

ग्लोबल आईएमई बैंकको सञ्चालक समितिमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar