Nepal Purbadhar

प्रधानमन्त्री राहत कोषमा करिब ७ अर्ब रुपैयाँ, थप ६१ लाख डलर जम्मा


काठमाडौं। रसुवाको भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा ठूलो रकम जम्मा भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राहतका लागि कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन्।

सरकारले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक स्रोत जुटाइरहेको र सहयोग आउने क्रम बढिरहेको उनले बताए।

कोषबाट मंगलबार मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिएको थियो। उक्त रकममध्ये ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ ओटा पालिकामा निकासा भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिए।

निकासा गरेपछि कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ।

त्यस्तै, कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको प्रधानमन्त्रीले संसद्लाई जानकारी गराएका छन्।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारलाई स्वदेश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको प्रधानमन्त्री शाहले बताए।


Read Previous

कान्ति र त्रिभुवन राजपथ हुँदै ग्यास ल्याइने, २०० ट्रक पठाईने

Read Next

कृष्णभीरको अवरुद्ध सडक यही महिनाभित्र सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको दाबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar