
काठमाडौँ। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा सात खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवमा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि भएको हो। आव २०८१/८२ मा भने तीन खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको थियो।
राष्ट्र बैंकका अनुसार आव २०८२/८३ मा घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आवको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। आव २०८१/८२ मा भने अघिल्लो आवको तुलनामा घरजग्गा कारोबार सङ्ख्या १.८४ प्रतिशतले घटेको थियो।
गत आवमा कारोबार रकममा समेत उल्लेख्य वृद्धि देखिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
