Nepal Purbadhar

नागढुंगा-नौबिसे सडक भासियो, पेट्रोलियम बोकेका गाडीलाई मात्रै आवागमन

फाइल तस्बीर।


काठमाडौं। नागढुंगा-नौबिसे सडक खण्डअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडक भासिएको छ।

धादिङ सडक विभागका अनुसार सडक भासिएपछि उक्त खण्डमा सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको छ। हाल पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्रै यही रुटबाट आवागमन गर्न दिइएको छ।

अन्य सवारीसाधनलाई भने वैकल्पिक मार्गका रूपमा नागढुंगा सुरुङमार्ग हुँदै पठाउने तयारी भइरहेको सडक विभागले जनाएको छ।

विभागका अनुसार सडकको पुरानो पर्खाल भत्किएपछि सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान छ। तर सडक भासिनुको वास्तविक कारण प्राविधिक अध्ययनपछि मात्रै यकिन हुने छ।

सडकको वाल धेरै पुरानो थियो। पुरानै भएका कारण वाल भत्किएपछि सडक भासिएको हुन सक्छ। तर के कारणले सडक भासिएको भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै थाहा हुने विभागको भनाई छ।

सडक विभागको प्राविधिक टोली भासिएको सडकको स्थलगत निरीक्षण तथा अध्ययनका लागि घटनास्थलमा पुगिसकेको छ।


Read Previous

भोटेकोशी बाढी अपडेट: १ हजार १२७ शव फेला, ४ हजार ८५८ जना अझै बेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar