Nepal Purbadhar

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

एआई तस्बीर।


काठमाडौं । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीबाट उत्पन्न विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ।

विभागले चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र १६ गते गर्दै आएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने कार्यक्रम स्थगित गरेको हो।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार स्थगित गरिएको भदौ १६ गतेको कार्यक्रमसहित भदौ महिनाभरिका विजेताको घोषणा आगामी असोज १ गते गरिनेछ।

देशले भोगिरहेको विपत्ति र शोकका कारण कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ।


Read Previous

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

Read Next

बाढीपीडितको उद्धार र राहतका लागि कर्मचारी सञ्चय कोषले दियो २ करोड ५० लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar