
एजेन्सी, भारतः भारतीय वायुसेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार भारतको उत्तरपूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको छ।
अधिकारीहरूका अनुसार कार्गो र आपूर्तिका लागि प्रयोग हुने दुई इन्जिन भएको टर्बोप्रप सैन्य विमान आसामको राजधानी दिसपुरबाट करिब २९८ किलोमिटर उत्तरमा रहेको जोरहाट जिल्लास्थित आइएएफ स्टेशनमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
दुर्घटनामा अहिलेसम्म कुनै हताहत भएको विवरण प्राप्त नभएको जनाइएको छ।
दुर्घटनापछि भारतीय वायुसेनाका वरिष्ठ अधिकारीहरू उद्धार तथा राहत टोलीसँगै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने कार्यमा संलग्न भएका थिए।
दुर्घटनाको कारण हालसम्म पत्ता नलागेको बताउँदै आइएएफले छानबिनका लागि निर्देशन दिइसकेको जनाएको छ।

