Nepal Purbadhar

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने


काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले करसहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट पारित गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।


Read Previous

नागढुंगा-नौबिसे सडक भासियो, पेट्रोलियम बोकेका गाडीलाई मात्रै आवागमन

Read Next

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar