Nepal Purbadhar

साढे दुई दशकपछि नक्साल हिटीमा पानी


काठमाडौं । काठमाडौंको नक्सालस्थित ढुंगे धारा (हिटी)मा साढे दुई दशकपछि पानीको प्रवाह फर्किएको छ। अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ।

हाल उक्त हिटीमा निरन्तर रुपमा पानी प्रवाह भइरहेको छ । काठमाडौं महानगरपालिकाको सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको हो ।

उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको स्थानीयले बताएका छन् । साथै, पुरातत्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको छ ।

उक्त हिटीको निकास नारायणहिटी संग्रहालयभित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ।

हाल उक्त हिटीमा निरन्तर रुपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको महानगरले जनाएको छ ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


Read Previous

यस्तो छ नागढुंगाको विकल्प धार्के-सीतापाइला सडक

Read Next

निजी क्षेत्रको प्रवर्धनमा विद्युत नियमन आयोगसँग निजी क्षेत्रका अपेक्षा