Nepal Purbadhar

यस्तो छ नागढुंगाको विकल्प धार्के-सीतापाइला सडक

default


काठमाडौ ।प्रायजसो जाम भइरहने नागढुंगा-नौबिसे सडकको विकल्प धार्के-सीतापाइला सडक बन्न थालेको छ । काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन् ।

नागढुंगा-नौबिसे सडकमा खाल्डैखाल्डा छन् । त्यसमाथि यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा-धार्के सडक प्रयोग गर्न थालेका थिए। अहिले भने यात्रुवाहक माइक्रो बसलगायत सवारीसाधन पनि यो सडक खण्ड भएर चल्न थालेका छन्। यो सडकको दूरी २४ किलोमिटर रहेको छ । करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ ।

यो बाटोमा चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ । स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा उनीहरुलाई आम्दानीको स्रोत भएको छ । सडक छेउमै स्थानीय उत्पादन किन्न पाइन्छ । तरकारी बेच्न काठमाडौं नै पुग्नुपर्ने स्थानीयबासीको बाध्यता अन्त्य भएको छ ।

यो सडकबाट देखिने मनमोहक तरकारी फाँट र इँटा भट्टाले पनि यात्रुलाई लोभ्याउने गरेको छ । मोटरसाइकलमा यात्रा गर्ने प्रायजसो यसको मजा लिइरहेका देख्न सकिन्छ ।  

धार्के–सीतापाइला सडक हालै बनेको भने होइन । नागढुंगा-नौबिसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाट नै यसको निर्माण सुरु गरिएको थियो । अहिले पनि पूर्ण रुपमा निर्माण सकिएको छैन । केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


Read Previous

नेपाल इन्जिनियर्स एशोसिएसन र इन्जिनियरिङ परिषद्‌बीच समझदारी, नव इन्जिनियरहरूका लागि तालिम सञ्चालन हुने

Read Next

साढे दुई दशकपछि नक्साल हिटीमा पानी