Nepal Purbadhar

उमाकान्त शर्मा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा निर्विरोध चयन


काठमाडौं — नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले उमाकान्त शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। बिहीबार काठमाडौंमा सम्पन्न अधिवेशनमार्फत शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा र तृतीय उपाध्यक्षमा जयबहादुर साउद चयन भएका छन्।

महासचिवमा मेजर शमशेर कुवर (महेश), उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल र शेरबहादुर कुवर निर्वाचित भएका छन्। कोषाध्यक्षको जिम्मेवारी खिन्तबहादुर भण्डारी (भरत) ले पाएका छन् भने सहकोषाध्यक्षमा दानबहादुर बोगटी चयन भएका छन् ।

प्रदेश प्रतिनिधिहरूको रुपमा बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकीमा अमृत घिमिरे, लुम्बिनी संयोजकमा चक्रपाणि शर्मा, कर्णाली संयोजकमा बलबहादुर शाही र सुदूरपश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर चयन भएका छन् ।

त्यस्तै, अधिवेशनले सर्वसम्मत रूपमा चयन गरेका कार्यसमिति सदस्यहरूमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भिम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दिपक पाण्डे, खड्गबहादुर कार्की, निलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधनाङग, अरुण शर्मा, संजिव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, संजिव कार्की र लक्ष्मण बुढाथोकी छन्।


Read Previous

लक्ष्मी इ-मोबिलिटी र जियो अटोमोबाइल्सको सयुक्त आयोजनामा ‘कायी कार्निभल एक्सचेन्ज’ हुने

Read Next

११ हजार भोल्टको करेन्ट बग्ने बिजुलीको पोलमा कार ठोक्किएपछि…[तस्बिरहरु]