Nepal Purbadhar

विद्युत नियमन आयोगको किस्ताबन्दी सुविधा दिएर बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिने तयारी


काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाइ किस्ताबन्दीको सुविधा दिएर पनि बक्यौता नतिरे लाइन काट्न निर्देशन दिने तयारी गरेको छ ।

बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सहमति माग्दै प्राधिकरणले नियमन आयोगलाई पत्र लेखेको थियो । बक्यौता उठाउन दबाबमुलक कार्यहरु गर्दा समेत तिर्न नआएको भन्दै लाइन काट्ने सहमति माग्दै पत्र लेखेको थियो । नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले आगामी सातासम्म छलफल गरेर निर्णय दिने बताए  । ‘हामी छलफलमा छौं । कानुनहरु हेर्छौं । सधैभरी यो मुद्धा लम्ब्याएर हुँदैन । उद्योगीहरुले पनि पहिलो किस्ता तिरेको भए हुने थियो,’ उनले भने ।

प्राधिकरणका अनुसार ट्रंक तथा डेडिकेटेडलाइनको प्रयोग गरेर उद्योगीहरुले २२ अर्ब रुपैयाँभन्दा बढी बक्यौता तिरेका छैनन् । नियमन आयोगले सहमति दिने बित्तिकै लाइन काट्ने तयारीमा प्राधिकरण नेतृत्व लागेको छ ।


Read Previous

सोलारको परियोजनामा स्थानीय तहको सिफारिस अनिवार्य लिनैपर्ने

Read Next

विद्युत नियमन आयोगको प्राधिकरणलाइ निर्देशन- बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्नु