Nepal Purbadhar

विद्युत नियमन आयोगको प्राधिकरणलाइ निर्देशन- बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्नु


काठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै बक्यौता नतिर्ने उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ ।

शुक्रबार आयोगले पत्र लेख्दै यस्तो निर्देशन दिएको हो । विभिन्न दबाबमूलक कार्यहरु गर्दा समेत बक्यौता तिर्न नआएको भन्दै प्राधिकरणले नियमन आयोगसँग सहमति मागेर लाइन काट्न खोजेको थियो । तर आयोगले सहमति नदिएपछि बक्यौता नतिर्ने उद्योगमा तत्काल लाइन नकाटिने भएको छ ।

शुक्रबार नियमन आयोगले लेखेको पत्रमा अर्को निर्देशन नभएसम्म लाइन नकाट्न र बक्यौता उठाउन भनिएको छ ।


Read Previous

विद्युत नियमन आयोगको किस्ताबन्दी सुविधा दिएर बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिने तयारी

Read Next

निसान म्याग्नाइट फेसलिफ्ट नेपालमा सार्वजनिक, ३४ लाख ७५ हजारमै पाइने