Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

२५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण


काठमाडौं । चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । बैशाख १२ गतेदेखि सुरु भएको एक्स्पोको अन्तिम दिन शुक्रबार (बैशाख १४ गते) साँझसम्ममा यति सर्वसाधारणले अवलोकन गरेका हुन् । यसपटक ५० हजारबाट अवलोकन गराउने लक्ष्य राखिएको भएपनि लक्ष्यभन्दा आधाले मात्रै अवलोकन गरेका छन् ।

शुक्रबार साँझको समापन समारोहमा एक्स्पोमा विभिन्न प्रतिश्पर्धामा सहभागी उत्कृष्टलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरियो । ऊर्जासँग सम्बन्धित छोटो भिडियो प्रतिश्पर्धामा निर्भिक भण्डारी, आयुष भट्टराई र शशीशेखर थापा क्रमशः पहिलो दोस्रो र तेस्रो भए ।

यस्तै, ‘हाइड्रो प्रडक्ट एण्ड सर्भिस कम्पिटिसन’तर्फ काठमाडौं विश्व विद्यालयको विद्यार्थीको ३ समूहले उत्कृष्ट स्थान हासिल गरेका छन् । टिम ऊर्जा, ‘रुरल कम्युनिटी हिट ग्रिड सिस्टम’ र ‘प्याक्ट बेड इनर्जी स्टोरेज सिस्टम’ क्रमशः पहिलो ,दोस्रो र तेस्रो भएका छन् ।

दुवै प्रतिश्पर्धामा पहिलो हुनेलाई नगद ४४ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो । दोस्रो र तेस्रो हुनेलाई पनि क्रमशः नगद २२ हजार रुपैयाँ तथा ११ हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र इभेन्ट सोलुसन नेपालले संयुक्तरूपमा आयोजना गरेको चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो शुक्रबार सकिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको एक्स्पोमा ३ दिनसम्म विभिन्न शिर्षकमा ७ वटा प्राविधिक सत्र सञ्चालन गरिएको थियो । विश्वका १२ देशकासहित १ सयभन्दा बढी स्टलहरू राखिएको थियो ।


Read Previous

ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’

Read Next

बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु

Leave a Reply

Your email address will not be published.