Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
१५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन

निर्धारित समय अगावै सम्पन्न भयाे खरानीटार-दोर्खुखोला सडक


त्रिशूली । नुवाकोटको तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ । तादी गाउँपालिकासँग भएको सम्झौता अनुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने समय अगावै सम्पन्न भएकाे हाे ।

रोहना कन्स्ट्रक्सनमार्फत गरिएको उक्त सडकको स्तरोन्नतिको काम तोकिएको गुणस्तर अनुसारनै भएको अनुगमनका क्रममा देखिएको तादीका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिए । पालिकाको नियमित अनुगमन, निर्माण व्यवसायीको इमान्दारिताको साथ काममा सक्रियता र सरोकारवाला उपभोक्ताको सहयोगले लक्ष्य अगावै काम पूरा भएको छ ।

सडक स्तरोन्नतिका लागि गाउँपालिकाले एक करोड १२ लाख रुपैयाँ लागतको बोलपत्र आह्वान गरेको थियो । उक्त सडक योजनाकाे काम  ७५ लाख ९१ हजार रुपैयाँमा सम्पन्न भएको उपाध्यक्ष प्याकुरेलले बताए ।

निर्माण कम्पनीका प्रतिनिधि प्रदीप शर्माले समयमै काम सम्पन्न भएकामा खुसी व्यक्त गरे । तादी गाँउपालिका–३ खारनीटारबाट दोर्खुखोला हुदै तादी–१ उर्लेनीसम्म पुग्ने उक्त सडकअन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ मा करिब ६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।

सडक स्तरोन्नतिपछि दुर्गम उर्लेनी र लच्याङका बासिन्दालाई पालिकाको केन्द्र खरानीटारहुँदै सदरमुकाम विदुर र राजधानी काठमाडाैं आउजाउ गर्न सहज बनाएको छ ।

बागमती प्रदेश सरकार र तादी गाउँपालिकाको सयुक्त लगानीमा विनियोजित बजेटबाट उक्त कार्य पूरा भएको हो । खरानीटार–दोर्खुखोलासम्मको सडकको स्तरोन्नति भएसगैँ उर्लेनी र लच्याङसम्म जोड्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले बताए ।  दोर्खुखोलामा ४१ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको छ ।


Read Previous

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीलाई मुआब्जा वितरण

Read Next

तारकेश्वर र टोखा जोड्न विष्णुमतीमा पक्की पुल निर्माण सुरु   

Leave a Reply

Your email address will not be published.