Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

ठेकेदारले समयमा काम सम्पन्न नगरे नारायणगढ–बुटवल सडककाे ठेक्का ताेडिने


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तारकाे काम निर्धारित समयमा पुरा गर्न ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसि) लाई निर्देशन दिएका छन् । सोमबार चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधी समेतको बैठकमा पूर्वाधार मन्त्री ज्वालाले यस्ताे निर्देशन दिएका हुन् ।

म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने र ठेक्का रद्द गरिने पनि उनले चेतावनी दिए । ‘अब समयमा काम सक्नैपर्छ । अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ । अब हामीले कुनै कारणले यो परियोजनामा ढिलाई भएको सहन सक्ने अवस्था छैन’ मन्त्री ज्वालाले चिनियाँ ठेकेदारलाई निर्देशन दिँदै भने ।

बैठकको संयोजन गरेका पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद  विनाेद चौधरीले ठेकेदारले प्रत्येक महिना लक्ष्य अनुसार काम गर्नुपर्ने र लक्ष्य पुरा नगरे उसको रकमबाट कट्टा हुने गरि अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गरे । ठेकेदार कम्पनीले पटक पटक प्रतिवद्धता जनाउने तर, पूरा नगर्ने बिषय अब सैह्य नहुने भन्दै सांसद चौधरीले लक्ष्य अनुसार काम नगर्ने ठेकेदारबाट ‘डयामेज क्लेम’ गरि उसकै पैसामा अन्य ठेकेदारहरूलाई परिचालन गर्न ढिलाई गर्न नहुने बताए ।

‘नारायणगढ–बुटवल सडक तत्काल मर्मतसम्भार गरि सहज रुपमा गाडी आवतजावत हुने वातावरण बनाउनुपर्छ । यो काम अधिकतम एक महिनाभित्र भईसक्नुपर्छ’ सांसद चौधरीले ठेकेदारलाई भने, ‘सन् २०२४ को सेप्टेम्बरसम्म सम्पूर्ण काम सक्नुपर्छ । स्थानीय वासिन्दाले धेरै दुःख पाईसके अब हामीले कुनै हालतमा छुट दिन सक्दैनौँ ।’

पूर्वाधार मन्त्री ज्वालाले सडक निर्माण गरिरहदा सडकको मर्मत सम्भार गर्ने र सडकमा सहज आवागमनको व्यवस्था मिलाउने शर्त ठेक्कामा रहेकाले अहिले ठेकेदारले गरिरहेको व्यवहार सम्झौता विपरित रहेको भन्दै सम्झौताका शर्त पालना गर्न निर्देशन दिए । त्यसैगरि सडक कालोपत्रे गर्दा एकापट्टीको दुई लेन सडक पहिले सम्पन्न गरि त्यसपछि बाँकी लेनमा काम गर्न पनि ठेकेदारलाई निर्देशन दिए ।

ठेकेदारलाई रकम निकासमा समस्या नरहेको, निर्माण सामाग्रीको अभाव नरहेको र विद्युत् पोल र तारहरुको व्यवस्थापन भएको अवस्थामा सडक निर्माणको काममा किन प्रगती भएन भन्ने कुरालाई सरकारले गम्भिरतापूर्वक लिएको बताए ।

संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिङले ठेकेदारलाई चिनमा पनि यस्तै गतिमा काम गरेको भए के हुन्थ्यो भन्ने प्रश्न गर्दै ठेकेदार कम्पनीले चिनियाँ कन्ट्रयाक्टरहरुको बदनाम गरेको बताए । बैठकमा सांसद, नवलपरासीका स्थानिय निकायका प्रमुखहरू र प्रोजेक्टमा संलग्न कर्मचारीहरू सहभागी थिए ।

निर्देशन अनुसार काम भए नभएको अनुगमन गर्न एक महिनामा आज बैठकमा सहभागी सबै पक्ष सडक निर्माण स्थलमा जाने सहमति पनि भएको छ ।

बर्दघाट–सुनवल सडक फागुनभित्रै कालोपत्र गरिने

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले ठेकेदारलाई बर्दघाट–सुनवल बजारमा कहिलेसम्म कालोपत्रे गर्ने हो स्पष्ट रुपमा समयसिमा चाहियो भनेर प्रश्न गर्नुभयो । उत्तरमा ठेकेदार कम्पनीका प्रतिनिधिले फागुन मसान्तभित्र बर्दघाट–सुनवल बजारमा कालोपत्रे गरिसक्ने जानकारी दिए ।

सांसद चौधरीले यो कुरा कार्यान्वयन गर्नका लागि दुम्किबास–बुटवल सडक खण्डका प्रोजेक्ट हेड शशांक मिश्र लाई निर्देशन दिए । चिनियाँ ठेकेदार र सडक विभागकातर्फबाट खटिएका प्रोजेक्ट हेड दुवै जनाले फागुनभित्र काम सक्ने प्रतिवद्धता जनाएका छन् ।

‘फागुन अन्तिममा दुवैजनासँग बर्दघाटमा भेट्नेछु । काम पुरा भएन भने तपाईँहरूमाथि कार्वाही गरिनेछ, सांसद चौधरीले दुवैतर्फका जिम्मेवार अधिकारीलाई निर्देशन दिदै भनें, ‘नवलपरासीका नागरिकले धेरै सास्ती भोगेका छन् । अब पनि ढाँटछल गर्ने काम भयो भने मलाई सैह्य हुनेछैन ।’


Read Previous

विद्युत विधेयकमा सरोकारवालाको सुझाव समेटिन्छ

Read Next

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

Leave a Reply

Your email address will not be published.