Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

पिपिए गर्न नआउने १५ आयोजनालाई रोलक्रमबाट हटाइयो, ६ ले पालो पाउने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पटक–पटक बोलाउँदा पनि प्रक्रिया पूरा गरेर विद्युत खरिद सम्झौता (पिपिए) गर्न आवेदन पेश नगर्ने १५ नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनालाई रोलक्रमबाट हटाएको छ । प्राधिकरणले प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेका आयोजनाका प्रवर्द्धक कम्पनीहरू तोकिएको अवधिभित्र आवश्यक कागजातसहित पिपिए गर्न नआएपछि रोलक्रमबाट हटाएको हो ।

प्राधिकरण योजना अनुगम तथा सूचना प्रविधि निर्देशनालय अन्तर्गतको विद्युत व्यापार विभागले २१५.२२९ मेगावाटका आरओआर आयोजनालाई रोलक्रमबाट हटाई त्यसपछिको पालोमा रहेका ६ आयोजनालाई पिपिएका लागि बोलाइको जनाएको छ ।

विभागका अनुसार प्राधिकरणले तोकेको अवधिमा १०२ मेगावाटको माथिल्लो त्रिशूली–२, ८५ मेगावाटको चमेलिया (छैटीगाड), ६.६ मेगावाटको गच्र्याङ खोला, ३.५ मेगावाटको तल्लो तारा खोला, ३.४ मेगावाटको मध्य सुनकोसी, ३.२ मेगावाटको तादी खोला क्यासकेड, १.८ मेगावाटको ढाडखोला सहित १५ आयोजना आवश्यक प्रक्रिया पुर्याएर पिपिए गर्न आएनन् ।

यी आयोजना पिपिए गर्न नआएपछि प्रसारण सम्झौता भइसकेका २२८.८५८ मेगावाटका ६ आयोजनालाई बोलाउने निर्णय भएको विभागले जनाएको छ । अब रोलक्रम अनुसार ४१ मेगावाटको संखुवाखोला, २८.९ मेगावाटको होङ्गु खोला, २२.२४८ मेगावाटको अप्सुवा खोला–१, ३५.१५० मेगावाटको माथिल्लो अप्सुवा खोला, २४ मेगावाटको सुपर सेती र ७७.५ मेगावाटको घुन्सा खोला आयोजनाको पिपिए गरिने भएको छ ।

प्राधिकरणले यो रोलक्रममा परेका आयोजनाका प्रवद्र्धक कम्पनीलाई अबको १५ दिनभित्र पिपिएको आवश्यक प्रक्रियाका लागि सम्पर्कमा आउन आग्रह समेत गरेको छ ।

यसअघि, २०७९ साल माघ १० गतेको ९३०औं सञ्चालक समितिको बैठकले आरओआर आयोजनाको सीमा ६ हजार ७ सय ५० मेगावाट पुर्याउन रोलक्रमअनुसार पिपिए गर्ने निर्णय गरेकोमा विभागले गत असोज १६ गते आयोजनाका प्रवद्र्धक कम्पनीलाई पालो अनुसार ३५ दिनभित्र पिपिएका लागि प्रक्रिया पुर्याएर आवेदन दिन ताकेता गरेको थियो ।

यो अवधिमा रोलक्रममा रही प्रक्रिया पुर्याएर आवेदन दिएका धेरै आयोजनाको पिपिएमा हस्ताक्षर भयो । तर, २१५.२२९ मेगावाटका १५ प्रवद्र्धक कम्पनी भने आवेदन दिन आएनन् ।

यी कम्पनी रोलक्रमअनुसार पिपिए गर्न नआएपछि गत पुस १२ गते यी १५ आयोजनालाई रोलक्रमबाट हटाउने निर्णय प्राधिकरणले गरेको थियो ।


Read Previous

हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा बाली सिँचाइका लागि पानी   

Read Next

भीमफेदी-कुलेखानी-दक्षिकाली सडकबाट आवागमन बन्द

Leave a Reply

Your email address will not be published.