Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

भीमफेदी-कुलेखानी-दक्षिकाली सडकबाट आवागमन बन्द


मकवानपुर ।  बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको भीमफेदी–दक्षिणकाली सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । याे सडक खण्डकाे मर्मत तथा स्तराेन्नतिका लागि आवागमन बन्द गरिएको हाे ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा शुक्रबारदेखि आवागमन बन्द गरी सडक स्तरोन्नतिको काम सुरु गरिएकाे छ । सडक स्तराेन्नति अवधिभर आगामी चैतसम्म आवागमन बन्द हुनेछ ।

सडक खण्ड आगामी चैत ३० गतेसम्म  नै बन्द रहने भएकाले याे मार्गकाे सट्टा  वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

हाल यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौं पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनकाअनुसार नारायणगढ मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौं जान वैकल्पिक रुट लिन सकिनेछ ।


Read Previous

पिपिए गर्न नआउने १५ आयोजनालाई रोलक्रमबाट हटाइयो, ६ ले पालो पाउने

Read Next

काम अगाडि नबढेपछि घुमाउनेको पुलकाे ठेक्का तोड्ने तयारी

Leave a Reply

Your email address will not be published.