Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

झापा इनर्जीले उत्पादन गरेकाे १० मेगावाट साैर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडियाे


दमक ।  झापा इनर्जी प्रालिले लगानी गरी निर्माण गरेकाे साैर्य विद्युत आयाेजनाबाट उत्पादन भएकाे १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । निजी लगानीमा शिवसताक्षी नगरपालिका-४ मा निर्माण भएकाे साैर्य विद्युत आयाेजनाले उत्पादन गरेकाे विद्युत नेपाल विद्युत प्राधिकरणकाे बुलुचाेक सबस्टेसन मार्फत प्रसारण प्रणालीमा जाेडिएकाे हाे ।

अहिले याे साैर्य विद्युत आयाेजनाले परीक्षण उत्पादन गरिरहेकाे प्राधिकरणकाे दमक वितरण केन्द्र प्रमुख परितोषकुमार चौधरीले बताए । “झापा इनर्जीले प्रवर्द्धन गरेकाे याे आयाेजनाले अहिले परीक्षण उत्पादन गरिरहेकाे छ,” उनले भने, “ परीक्षणकाे चरण पूरा भएपछि प्राधिकरणले उत्पादन भएकाे विद्युत खरिद गर्न थाल्नेछ।”

झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले अबकाे २ सातासम्म परीक्षणकाे अवधि रहने र याे अवधिमा प्राधिकरणकाे प्रणालीमा निशुल्क विद्युत दिने बताए ।

पूर्वपश्चिम राजमार्गस्थित  दुधे बजारबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा याे साैर्य विद्युत आयाेजना निर्माण गरिएकाे छ । याे नै झापामा निर्माण भएकाे सबैभन्दा ठूलाे साैर्य विद्युत आयाेजना हाे ।

सांसद एलपी साँवाको समेत लगानी रहेकाे याे साैर्य विद्युत आयाेजना ८१ कराेड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएकाे प्रवर्द्धक कम्पनीले जनाएकाे छ । याे साैर्य विद्युत आयाेजनामा माछापुच्छ्रे र सिभिल बैंकले कूल लगानीकाे ७५ प्रतिशत ऋण लगानी गरेका छन् ।

आयाेजना स्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेसन एक किलोमिटरको दूरीमा छ । सबस्टेसनसम्म विद्युत पुर्याउन कम्पनी आफैँले ९६० मिटर लामाे प्रसारण लाइन निर्माण गरेको छ ।

साैर्य विद्युत आयाेजना निर्माण गर्न झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको थियो । पिपिए अनुसार  आयाेजनाबाट उत्पादित विद्युत प्राधिकरणले प्रतियुनिट ७.३० रुपैयाँमा खरिद गर्नेछ ।


Read Previous

नारायणगढ-बुटवल सडककाे १८ किलोमिटर खण्डमा कालोपत्र   

Read Next

बेनी-जोमसोम-कोरला सडककाे रुटमा ६ पुल निर्माण

Leave a Reply

Your email address will not be published.