Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

आकाशे पुल निर्माण अनिश्चित


जानकी (बाँके) ।  बाँकेको नेपालगञ्ज–कोहलपुर रत्न राजमार्गका पाँच ठाउँमा आकाशे पूल निर्माणको ठेक्का सम्झौता भएको छ । तर सडक विभागले निर्माणादेश नदिएका कारण सम्झौताअनुरूप आकाशे पूल निर्माण तीव्र गतिमा अघि बढ्न सकेको छैन ।

निर्माणका लागि सम्झौता भएको १३ महिना विते पनि निर्माण व्यवसायीले सम्झौताअनुरूप काम गर्न पाएका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन स्वीकृत नगर्दा आकाशे पूल निर्माण कार्यमा ढिलाइ भएको हो ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले पुलको ‘डिजाइन रिभ्यु’का लागि विभागको पुल महाशाखामा पठाएको बताए । ‘फाइल पुल महाशाखामा थन्किएको छ । कहिले स्वीकृत हुन्छ यकिन छैन’, उनले भने । आकाशे पुल निर्माणका लागि २०७९ कात्तिकमा चितवनको भरतपुर स्थित डाइनामिक कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । प्रमुख शाक्यका अनुसार १५ महिनामामै काम सक्ने सहमति भएको छ । तर १३ महिना वित्दा पनि सम्झौता कार्यान्वयन हुनसकेको छैन ।


Read Previous

पोखरामा अझै गुडिरहेका छन् बीस वर्ष पुराना सवारीसाधन

Read Next

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन

Leave a Reply

Your email address will not be published.