Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे

स्क्याफ नेपालद्वारा जाजरकोट भुकम्प पिडितको राहत र उद्धारमा सहभागी हुन आह्वान


काठमाडौं । जाजरकोट भूकम्पमा परेका समुदायलाई उद्धार र राहतमा सहयोग गर्न सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स् (स्क्याफ) नेपाल अपिल गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै स्क्याफ नेपालले प्रभावित क्षेत्रहरूमा सुरक्षित र स्थायी बसोबासको व्यवस्था गर्ने कार्यमा समुदायहरूलाई सल्लाह दिने र सहयोग गर्नको लागि सदस्य फर्महरुमा कार्यरत स्थानीय इन्जिनियर तथा आर्किटेक्ट एवं विज्ञहरूसंग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरेको छ ।

स्क्याफले आफ्ना सदस्य फर्महरू र मातहतका इन्जिनियर, आर्किटेक्ट, सम्बन्धित विज्ञहरू र अन्य कर्मचारीहरुलाई जाजरकोट र रुकुम पश्चिम जिल्लाका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरेर उद्धार र राहत कार्यमा सक्रिय रुपमा सहभागी हुन आग्रह गरेको छ ।

स्क्याफको तर्फबाट आफ्ना सामाजिक जिम्मेवारी तथा पेशागत परामर्श सेवाको माध्यमबाट प्रभावित क्षेत्रहरूमा उद्धार राहत एवं सुरक्षित र स्थायी बसोबासको व्यवस्था गर्ने कार्यमा कुनै कसर बांकी नराख्ने उल्लेख गरेको छ ।

स्क्याफले भूकम्पमा जीवन गुमाउने नागरिकहरूको आत्माको चिर शान्तिको लागि प्रार्थना गर्दैै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । स्क्याफले उद्धार, राहत र बसोबासको व्यवस्थामा सहयोग गर्ने सबै सरकारी र गैरसरकारी संस्थाहरुको सराहना र प्रशंसा गरेको छ ।

जाजरकोट केन्द्र बिन्दुु बनाएर गएको विनाशकारी भूकम्पको कारण १५७ जना नागरिकको मृत्यु र १९९ जनाभन्दा बढी घाइते भएको पछिल्लो जानकारी छ । यस भूकम्पले जाजरकोट र रुकुम पश्चिम जिल्लाका अनेक स्थानहरुमा घरबार र अन्य संरचनाहरू नष्ट गरेको छ ।

 


Read Previous

विदेशी पर्यटकको राेजाइमा मनास्लु क्षेत्र

Read Next

सोह्रौं योजनाका लागि प्रदेशगत छलफल   

Leave a Reply

Your email address will not be published.