Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

विदेशी पर्यटकको राेजाइमा मनास्लु क्षेत्र


गोरखा । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा प्राकृतिक सुन्दरता मात्र नभएर सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटकीय क्षेत्र हो ।

मनास्लु क्षेत्रमा भ्रमणका लागि पुगेका विदेशी पर्यटकबाट करिब दुई करोड २८ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा मात्र मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) ले मनास्लु क्षेत्र घुम्न गएका पर्यटकबाट एक वर्षमा दुई करोड २७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयले मनास्लु घुम्न जाने सार्क राष्ट्रका पर्यटक र अन्य विदेशी पर्यटकबाट प्रवेश शुल्क लिने गर्दै आएको छ । “कार्यालयले सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार शुल्क उठाउने गरेको छ”, कार्यालयका प्रमुख सन्तोष शेरचनले भने, “त्यसबाहेक अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति  तीन हजार रुपैयाँ लिने गरिएको छ ।”

गत आर्थिक वर्षमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रबाट घुम्नका लागि पुगेका एक सय ५९ पर्यटकबाट कूल रु एक लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो । त्यस्तै अन्य विदेशी पर्यटकबाट दुई करोड २६ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

चालु आवमा पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएकाले राजस्व संकलनमा बृद्धि हुने अनुमान गरिएको प्रमुख शेरचनले जानकारी दिए । चालु आर्थिक बर्षको साउनदेखि असोजसम्म मात्र मनास्लु क्षेत्र पुगेका पर्यटकहरुबाट प्रवेश शुल्क वापत ८५ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

साउनदेखि असोजसम्मको अवधीमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रका ९७ जना र सार्क राष्ट्रबाहेकका अन्य राष्ट्रबाट दुई हजार ८ सय ४ जना गरी कूल २ हजार ९ सय ३  जना पर्यटक त्यहाँ पुगेका छन् ।


Read Previous

खैरहनी नगरपालिकाका सडक अपाङ्गमैत्री सडक बनाइँदै

Read Next

स्क्याफ नेपालद्वारा जाजरकोट भुकम्प पिडितको राहत र उद्धारमा सहभागी हुन आह्वान

Leave a Reply

Your email address will not be published.