Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

सोह्रौं योजनाका लागि प्रदेशगत छलफल   


काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न सुरु गरेको छ । आयोगले ७ वटै प्रदेशमा टाेली मार्फत छलफल सुरु गरेकाे हाे ।

आयोगले साेमबार मधेस प्रदेशसहितका ठाउँहरूमा छलफल गर्न लागेकाे आयोगका प्रवक्ता यमलाल भुसालले बताए । उनका अनुसार छलफलका लागि १६औं योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको छ । सोह्राैं योजनाको अवधारणापत्र तथा पूर्ण दस्तावेजमाथि छलफल, सुझाव, परिमार्जन र स्वीकृतिका लागि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठका संयोजकत्वमा समिति, सदस्यको संयोजकत्वमा क्षेत्रगत उपसमिति र महाशाखा प्रमुखका संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रकोसमेत सुझाव सङ्कलन गरेर १६औं पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ । चालु १५औं योजना यही आर्थिक वर्षसँगै समाप्त हुँदैछ ।


Read Previous

स्क्याफ नेपालद्वारा जाजरकोट भुकम्प पिडितको राहत र उद्धारमा सहभागी हुन आह्वान

Read Next

४ दशकपछि किन्ताङ खोलामा बेलीब्रिज  निर्माण हुँदै

Leave a Reply

Your email address will not be published.