Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

एसिया-प्यासिफिक इनर्जी फोरममा सहभागी हुन ऊर्जा मन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान   


काठमाडौं। ‘तेस्रो एसिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत  थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । अक्टोबर १९ र २० मा बैंकमा हुने फाेरममा सहभागी हुन उनी गएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च अधिकारीले उनलाई बिदाइ गरे । दिगो विकासका लक्ष्य प्राप्तिमा ऊर्जा क्षेत्रले पुर्याएको योगदान, नेपालले अवलम्बन गरेको नीति, कार्यक्रम र लक्ष्य तथा त्यसबाट प्राप्त प्रगतिलगायत विषयमा मन्त्री बस्नेतले फाेरममा सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै, जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि असर भने बढी परेको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल महत्त्वपूर्ण हुने मन्त्रालयले जनाएकाे छ । कार्बन उत्सर्जन र न्यूनीकरणका लागि गरिएको प्रयासका बारेमा समेत उक्त कार्यक्रममा विचार विमर्श हुने छ । मन्त्री बस्नेतसँग वैकल्पिक ऊर्जा प्रवर्द्धक केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल पनि थाइल्याण्ड गएका छन् ।


Read Previous

महानगरभित्रका ३ सडक खण्ड एकतर्फी सञ्चालन

Read Next

आर्थिक वर्षकाे पहिलो त्रैमासमा १६ प्रतिशत बजेट खर्च हुँदा १५ प्रतिशत राजस्व सङ्कलन

Leave a Reply

Your email address will not be published.