Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने

आर्थिक वर्षकाे पहिलो त्रैमासमा १६ प्रतिशत बजेट खर्च हुँदा १५ प्रतिशत राजस्व सङ्कलन


काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५.९३ प्रतिशत राजस्व सङ्कलन हुँदा १६.०२ प्रतिशत बजेट खर्च गरेको हाे ।

चालू आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६.२ प्रतिशत बराबर हो ।

यो अवधिमा सरकारले चालुतर्फ १८.६९, पुँजीगततर्फ ५.९ र वित्तीय व्यवस्थातर्फ १६.०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । चालू शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा दुई खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा ३ खर्ब दुई अर्ब ७ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा हालसम्म १७ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर बजेट छुट्याइएकाेमा पहिलो त्रैमास अवधिमा ४९ अर्ब ३४ लाख ९० हजार रुपैयाँ बराबर खर्च भएको छ ।

हालसम्मको सरकारी राजस्व सङ्कलन हेर्दा दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपैयाँ बराबर रहेको छ । जुन वार्षिक लक्ष्यको १५.९३ प्रतिशत बराबर हो । सरकारले चालू आवका लागि १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार रुपैयाँ बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

पहिलो त्रैमासमा सङ्कलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५.२८ प्रतिशत अर्थात् एक खर्ब ९९ अर्ब ४६ करोड २१ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६.७९ प्रतिशत अर्थात् १९ अर्ब ६५ करोड ३० लाख रुपैयाँ बराबर रहेको छ ।

चालू आवका लागि  ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको ०.१२ प्रतिशत अर्थात् ६ करोड १८ लाख रुपैयाँ बराबर अनुदान लिएको छ ।


Read Previous

एसिया-प्यासिफिक इनर्जी फोरममा सहभागी हुन ऊर्जा मन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान   

Read Next

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

Leave a Reply

Your email address will not be published.