Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

महानगरभित्रका ३ सडक खण्ड एकतर्फी सञ्चालन


काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ सडक खण्ड बुधबारदेखि एकतर्फी सञ्चालन गरिएकाे छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र सालिकबाट कृष्ण पाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजा) पुग्ने सडक एकतर्फी सञ्चालन गरिएको हाे ।

बुधबारबाटै याे नियम लागु गरिएकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले राससलाई जानकारी दिए । उनका अनुसार त्रिपुरेश्वरतर्फबाट काठमाडौं-ललितपुर जोड्ने नयाँ पुल (विश्व निकेतन) हुँदै गुसिङगाल निस्किने सडक एकतर्फी बनाइएको छ ।

“त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर बायाँतर्फ मोडिएर आउनुपर्ने छ”, भट्टले भने, “त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।”

प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन । पुतली सडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइने छैन ।

सडक एकतर्फी बनाइएको जानकारी दिनका लागि सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका प्रहरी टोली खटाइएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।


Read Previous

जलवायु परिवर्तनकाे क्षति न्यूनिकरण गरिदिन प्रधानमन्त्रीसँग मुस्ताङवासीको माग   

Read Next

एसिया-प्यासिफिक इनर्जी फोरममा सहभागी हुन ऊर्जा मन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान   

Leave a Reply

Your email address will not be published.