Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदानमा खुलाइयो


ढोरपाटन । भारी वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक स्थानीयवासी र जनप्रतिनिधिको श्रमदानबाट सञ्चालनमा आएको छ । उक्त आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकको दर्जनभन्दा बढी स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो ।

अवरुद्ध सडक निर्माण कम्पनीले नखुलाएपछि ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत, वडा नं ७ का अध्यक्ष धनबहादुर अदै, नगरपालिकाका कर्मचारी र स्थानीयवासीले श्रमदान गरी सडक खुलाएका हुन् । सडकको विभिन्न ठाउँमा पहिरो जाँदा दैनिक सयौँ स्थानीयवासी र पर्यटकले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले आफूहरुले श्रमदान गरेर हाल सडक सञ्चालनमा ल्याएको नगर उपप्रमुख कायतले बताए ।

सडकको ट्रयाक खुलेको वर्षौं बितिसक्दा पनि स्तरोन्नति हुन नसक्नु निर्माण कम्पनीको लापरबाही भएको भन्दै नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि काम नगरेको गुनासो उनले गरेका छन् । तीन वर्षभित्र सडक ग्राभेल गर्नेगरी जिम्मा पाएको ओमबुद्ध कन्ट्रक्सन ठेकेदार कम्पनीले म्याद सकिन लाग्दा २५ प्रतिशत पनि काम नगरेको र पहिराले अवरुद्ध बनाएको र अप्ठ्यारो स्थानमा यात्रा सहज हुने गरी सडक बनाउन गरेको आग्रहलाई बेवास्ता गरेपछि आफूहरुले नै सडक मर्मतमा घन, गैती, बेल्चा लिएर उत्रिएको उपप्रमुख कायतको भनाई छ ।

“पहिरोले सडक अवरुद्ध हुँदासमेत निर्माण कम्पनीले काम गर्दैन, सडकभरि यात्रु अलपत्र पर्छन्, निर्माण कम्पनी कहाँ छ थाहा छैन, त्यसले गर्दा हामीहरुले स्थानीयवासीसँग सहकार्य गरेर सडक खुलायौँ ” उनले भने । सडक अवरुद्ध हुँदा ढोरपाटन सिकार आरक्षको कार्यालय ढोरपाटन उपत्यकादेखि बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवललगायत सहरमा पुग्ने यातायात सञ्चालनमा आएका छन् । रासस


Read Previous

विद्युत प्राधिकरणद्वारा ४ कर्मचारीलाई विशेष सम्मान,सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने १५ जना र २२ कार्यलय सम्मानित

Read Next

कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published.