Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण


काठमाडौँ । कर्णाली पर्यटन उद्यमी समाजले कर्णालीको हवाई समस्या समाधान गरी पर्यटन विकासका लागि सरकारको ध्यानाकार्षण गराएको छ । समाजले शुक्रबार पत्रकार सम्मेलन गरी १० बुँदे मागसमेत सार्वजनिक गरेको छ ।  कोरोना महामारीपछि बन्द रहेको हिल्सा नाका खुलाउनुपर्ने, हिल्सा नाकाबाट कैलाश मानशरोवर दर्शन गर्न जाने विदेशी पर्यटकलाई हिल्सा हुँदै चीन जानका लागि चीन सरकारसँग कूटनीतिक पहल गर्नुपर्नेलगायत माग समाजको छ ।

कर्णालीका जनतासँग हवाई उडानबाहेक ‘कनेक्टिभिटी’को अन्य कुनै विकल्प नभएको अवस्थामा हवाई टिकटमा सरकारले लगाएको भ्याटका कारण त्यहाँका जनता मारमा परेको दाबी समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “कर्णालीका नागरिकहरु जसको हवाई उडानबाहेक विकल्प नभएकाले उनीहरु बिरामी  हुँदा तथा खाद्यान्न सामाग्रीलगायत ढुवानीमा पनि १३ प्रतिशत कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था तुरुन्त फिर्ता गर्न जरुरी छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कर्णालीलगायत दूर्गम क्षेत्रमा लगाएको हवाई प्रतिबन्ध फुकुवा हुनुमा कर्णाली पर्यटन उद्यमी समाजको योगदान रहेको अध्यक्ष देवीकृष्ण रोकायाले बताए ।

“कर्णालीका दुर्गम जिल्लामा हवाई उडान दिउँसो १२ बजेपछि बन्द गरेकामा उक्त नियम पुरानै अवस्थामा फर्काइनुपर्छ भनेर हामीले सरोकारवाला निकायसँग छलफल गरी दबाब दिएका थियौँ, क्यानले अहिले प्रतिबन्ध हटाएको छ।” उनले भने । कर्णालीको पर्यटन विकासका लागि हवाई उडान क्षेत्र सुधारको आवश्यकता रहेको उनले औंल्याएका छन् । रासस


Read Previous

अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदानमा खुलाइयो

Read Next

पानीको मुहान संरक्षण गर्दा बन्यो पर्यटकीयस्थल

Leave a Reply

Your email address will not be published.