Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

‘लाइफ टाइम’ सडक योजना बनाउन मन्त्री ज्वालाले थाले पूर्वाधारका विज्ञसँग छलफल


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग बिषयगत छलफल शुरु गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर छलफल शुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताए ।

नेपालमा विगत र वर्तमानका सडक अबस्था, जोग्राफिकल जियोग्राफी र भविश्यमा कस्ता सडकमा बनाउँदा लाइफ टाइम सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल शुरु गरिएको छ । छलफलमा मन्त्री ज्वालाले भौगलिक विकताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतिलाई कसरी हल गर्ने भन्ने बिषयमा विज्ञ टोलीसँग राय सल्लाह माग्नुभएको छ । ‘सडक गाउँ बस्तीमा पुरयाउने हो, तर हाम्रा धेरै गाउँबस्तीहरु चुरे र महाभारत शृखंलामा रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौति छन् ।’ उनले भने ।

पूर्वाधार विज्ञ सूर्यराज आचार्य, विज्ञ मेघराज घिताल, प्राडा. तारानिधी भट्टराई, बिरेन्द्र देउजालगायतका विज्ञसँग छलफल शुरु गरेका हुन् । विज्ञ टोलीले दृश्यसहितको प्रस्तुति गरेको छ । धेरै खर्चिलो भएपनि नेपालको भूगोलअनुसार सुरुङ मार्गमा जान बिज्ञ टोलीले सुझाव दिएको छ ।

जति राम्रो सडक बनाएपनि वाढी पहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको छ । त्यो समस्या हल गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकहरुको तत्तकाल अध्ययन थाल्न बिज्ञ टोलीले सुझाव दिएको छ । छलफलमा मन्त्रालयका सवै सहसचिवको पनि सहभागिता रहेको छ ।


Read Previous

१० वर्षमा २५ हजार मेगावाट उत्पादन गर्ने सरकारी कार्ययोजना, आयोजना ढिलाइमा प्रवद्र्धककाे हात रहेकाे मन्त्रीकाे भनाइ

Read Next

नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्छ: अध्यक्ष ढकाल

Leave a Reply

Your email address will not be published.