Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्छ: अध्यक्ष ढकाल


काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भयो । भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चिनिया लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्ने वताए । नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पुर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको तर्फ अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराए ।

पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तराष्टिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत वताए । साथै अध्यक्ष ढकालले चिनिया पर्यटकहरुको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्नुपर्ने अध्यक्ष ढकालको आग्रह थियो । महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे । यसैगरि नेपालमा चिनिया बैंक आउने सक्ने सम्भावना तर्फ पनि अध्यक्ष ढकालले राजदूत संगको ध्यानाकर्षण गराए । लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।

भेटका क्रममा राजदूत संगले नेपालमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने वताए । उत्पादनमूलक उद्योग, कृषि, उर्जा लगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको वताए ।

तर विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोंगको भनाइ थियो । चीनमा पनि शुरुमा विदेशी लगानीसंग नीति निर्माता ससंकित भएपनि पछि सुधार गर्दै गएको वताए । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले वताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकैमुख्य उत्पादक वन्न सकेको उदाहरण राजदूत सोंगले प्रस्तुत गरे ।

यसैगरि तातोपानी नाका खोल्ने र नेपालमा चिनिया बैंक आउनेबारेमा छलफल भैरहेको जानकारी पनि राजदूत संगले दिए । भेटका क्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।


Read Previous

‘लाइफ टाइम’ सडक योजना बनाउन मन्त्री ज्वालाले थाले पूर्वाधारका विज्ञसँग छलफल

Read Next

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध

Leave a Reply

Your email address will not be published.