Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा    सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

१० वर्षमा २५ हजार मेगावाट उत्पादन गर्ने सरकारी कार्ययोजना, आयोजना ढिलाइमा प्रवद्र्धककाे हात रहेकाे मन्त्रीकाे भनाइ


काठमाडौं । सरकारले १० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार संघीय संसदको पूर्वाधार समितिमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले १० वर्षमा २५ हजार मेगावाट उत्पादन गर्ने गरी कार्ययोजना ल्याउने तयारी भइरहेको जानकारी दिए । ‘यसपटक सार्वजनिक गरिने ऊर्जा विकासको कार्ययोजनामा कुन आयोजनाबाट कुन वर्ष कति मेगावाट विद्युत प्रणालीमा जोडिनेसम्मको विषय समावेश गर्दैछौं’ उनले भने ।

उत्पादन हुने २५ हजार मेगावाट क्षमताको विद्युत्लाई थेग्न सक्ने आवश्यक प्रशारणलाइन व्यवस्था गर्ने विषय पनि कार्ययोजनामा समावेश हुनेछ । मन्त्री बस्नेतले देशको आर्थिक वृद्धिदर ७ दशमलव २ मा स्थिर राख्न सकेको खण्डमा देशभित्र नै १२ हजार मेगावाट विद्युत खपत गर्न सकिने मन्त्रालयको प्रक्षेपण रहेको बताए । मन्त्रालयले विद्युत् उत्पादन गर्नको लागि लगानीमैत्री वातावरण तयारीको लागि काम गरिरहेको उल्लेख गरे । ‘सर्भेक्षण अनुमति दिनेदेखि पीपीए गर्ने सम्मको विषयलाई समेटेर एकिकृत कार्ययोजना ल्याउन लागेका छौं’ उनले भने ।

ऊर्जा प्रवद्र्धककै कारण वन र विद्युत विकास विभागमा ढिलाई

विद्युत प्रवद्र्धकहरुले सार्वजनिक खपतको लागि प्रक्रियामा लामो समय लागेको र काम गर्न ढिलाई भएको गुनासो गर्ने गरेका छन् । तर, ऊर्जा मन्त्री बस्नेतले वन मन्त्रालय, विद्युत विकास विकासलगायतका निकायमा विद्युत् प्रवद्र्धकहरु आफै गएर स्वीकृति ढिलाई गर्नु भनेर भन्ने गरेको आरोप लगाए । ‘फाइल ढिलाइ गरिदिनु अलिकति काम अझै बाँकी छ भनेर भनेको जानकारी छ’ उनले भने । यसमा विद्युत् प्रवद्र्धक पनि सच्चिनुपर्ने उनको भनाइ छ ।

पीपीए भएका एकतिहाइ आयोजनाको वित्तीय व्यवस्थापन हुन बाँकी

ऊर्जा मन्त्री बस्नेतले बैठकमा विद्युत खरिद सम्झौता भइसकेका आयोजनामध्ये पनि एक तिहाइको वित्तीय व्यवस्थापन नभएको बताए । यसकारण पनि पीपीए भइसकेका सबै आयोजना निर्माण जान्छन भन्ने ठोकुवा गर्न नसकिने उल्लेख गरे । अहिले पीपीए गरेर निर्माण शुरु नभइसकेका आयोजनाको संख्या १०८ छ । तिनको क्षमता २ हजार ६३० मेगावाट रहेको छ । मन्त्रीका अनुसार यीमध्ये एकतिहाइ आयोजनाको वित्तीय व्यवस्थापन हुन सकेको छैन् ।

यति मात्र होइन, पीपीए गरेपनि वित्तीय व्यवस्थापन नहुँदा निजी क्षेत्रले आयोजना अड्काएर राखिरहेको उनको भनाइ छ । ‘यस्तो अवस्थामा खारेज गर्नेतर्फ पनि सोचिएको तर निजी क्षेत्रले लामो प्रक्रिया र लगानी गरेर पीपीएसम्मको काम सम्पन्न गरेको कारण व्यवहारिकता हेरेर रोकिनु परेको छ’ उनले भने । तर, व्यवहारिता मात्र हेरेर बस्दा मुलुकले धेरै गुमाउने अवस्था सिर्जना भएको उल्लेख गरे । आयोजना ‘होल्ड’ गरेर राख्ने अवस्थाको अब अन्त्य गरिन्ुपर्नेमा मन्त्री बस्नेतले जोड दिए ।


Read Previous

सासंदलाई सुनाए ऊर्जा उत्पादकले जलविद्युत् क्षेत्रका २९ समस्या र २३ समाधानका उपाय

Read Next

‘लाइफ टाइम’ सडक योजना बनाउन मन्त्री ज्वालाले थाले पूर्वाधारका विज्ञसँग छलफल

Leave a Reply

Your email address will not be published.