Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालनमा आउँदै , पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म २५ बस सञ्चालन गरिने


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गर्न लागेको बताएका छन् । एकीकृत सरकारी कर्मचारी संगठनद्वारा साेमबार आयोजित कार्यक्रममा मन्त्री ज्वालाले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सन्चालनको गृहकार्य भइरहेको जानकारी दिए ।

उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उनले सडक जाम हुने पिक आवरमा साँझ र बिहान सन्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरे । सेवालाई क्रमिक रूपमा काठमाडौँ उपत्यकामा विस्तार गरिने उनको भनाइ थियो।

मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन मन्त्रिपरिषद्मा छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने विचार व्यक्त गरे ।यसैबीच भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले निजामती आन्दोलनका सहिदहरु मनोज जोशी, झपेन्द्र कार्की तथा सुरेन्द्र बिकको स्मृति दिवसका अवसरमा सिभिल अस्पतालमा बिरामीलाई फलफुल वितरण गरिन्।

आज काठमाडौंको नयाँ बानेश्वर स्थित निजामती अस्पतालको सभाहलमा निजामती आन्दोलनका सहिदहरुको सम्झनामा सो कार्यक्रम आयोजना गरिएको थियो।नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारी संगठनले सो कार्यक्रम आयोजना गरेको हो। सो अवसरमा राज्यमन्त्री चपाईले मुलुकमा परिवर्तनका लागि विभिन्न कालखण्डमा जीवनको योगदान गर्नुहुने सहिदहरुको योगदानको कदर गर्नुपर्नेमा जोड दिइन् ।


Read Previous

चार वर्षे कार्ययोजना सहित नासा नेपालको नयाँ कार्यसमिति चयन

Read Next

अप्पर तामाकोसीको १५औं साधारणसभा भदौ ६ मा हुने

Leave a Reply

Your email address will not be published.