Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

चार वर्षे कार्ययोजना सहित नासा नेपालको नयाँ कार्यसमिति चयन


काठमाडौं । नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल) ले विगत डेढ दशकको विशेष समिक्षा प्रतिवेदन टोलदेखि वल्र्डसम्म पारित गर्दै आगामी चार वर्षे कार्ययोजना सहित नयाँ कार्यसमिति गठन गरेको छ । संघको साउन १३ तथा जुलाई २९ तारिकमा भएको चुनावी साधारण सभाले विगतको प्रगति तथा आर्थिक प्रतिवेदन, वार्षिक तथा आवधिक कार्यक्रम पारित गर्दै २५ सदस्यीय कार्यसमिति रहेकोमा निर्वाचित तथा मनोनित समेत गरेर २० जना पदाधिकारी सदस्यहरु सार्वजनिक गर्यो ।

नयाँ टीमको अध्यक्षमा दशरथ रिसाल, वरिष्ठ उपाध्यक्षमा डा. बुलन्द थापा, उपाध्यक्षहरुमा सिताराम न्यौपाने र अनिल बराल तथा महासचिव पदमा शुशिल तण्डुकार रहेका छन् । सचिवहरुमा सन्तोष न्यौपाने, निरज खड्का क्षेत्री, महेश अधिकारी, बिनोद तण्डुकार र दिपप्रश शाक्य रहेका छन् । कोषाध्यक्षमा धान्यमणि नेपाल, सह–कोषाध्यक्षमा कमला क्षेत्री चयन भए ।

त्यसैगरी सदस्यहरुमा सञ्जु बज्राचार्य, प्रज्ञा अधिकारी, यदुराज लामिछाने, भिक्ट्री थापा, श्रमिक जीसी, चादमाला मास्के, सञ्जय बराल र मिङ्मा डोल्मा रहेका छन् । साधारण सभाले आगामी ४ वर्षका लागि संस्थापक महासचिव गोबिन्द भट्टराईलाई कार्यकारी निर्देशक चयन गरेर सचिवालयको नेतृत्व गर्ने जिम्मेवारी दियो ।

साधारण सभामा राखेप सदस्य सचिव टंकलाल घिसिङ, इन्टरमोडल ट्रान्सपोर्ट डेभलोपमेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, नेपाल ओलम्पिक कमिटीका सह महासचिव पिताम्बर तिम्सिना, बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारी, नेपाल खेलकुद महासंघका पूर्व अध्यक्ष रमेश पौडेल, नेपाल स्केटिङ एण्ड स्केटबोर्डका अध्यक्ष अच्युत खनाल, नेपाल बेसबल तथा सफ्टबेल संघका अध्यक्ष दिपक न्यौपाने, नासा फाउन्डेसन नेपालका संयोजक कृष्ण सिंह बस्नेतले शुभकामना दिएका थिए ।

कार्यक्रममा हिमबिक्रम केसीले मिडिया र दिपक थापाले इभेन्ट आयोजनाबारे प्रस्तुति दिएका थिए । सभामा सडक सुरक्षाका डक्टर भगवती सेढाई, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्धारिक उप्रेती, राखेपका विभागीय प्रमुख मिन शर्मा, चन्द्र राई र नारायण राज अर्यालको उपस्थिती थियो ।
साधारण सभालाई इन्टरनेश्नल अटोमोबाईल फेडेरेसन (एफआईए)का अध्यक्ष मोहमद विन सुलायम, अन्तराष्ट्रिय मोटरसाईकल फेडेरेसन (एफआइएम)का अध्यक्ष जर्ज भेगास, एफआईए रिजन टू प्रेसिडेन्ट ग्रिक क्राफ्ट, एफआईएका एसिया प्यासिफिक उपाध्यक्ष लि लुङ्ग, एफआईएम एसिया अध्यक्ष स्टेफान क्यारापियटले भिडियो शुभकामना सन्देश पठाएका थिए । उनीहरुले नासाको काम र क्रियाशीलताको प्रशंसा गर्दै आगामी दिनमा समेत सर सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।


Read Previous

प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयको विज्ञमा क्यानका महासचिव अधिकारी मनोनयन 

Read Next

असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालनमा आउँदै , पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म २५ बस सञ्चालन गरिने

Leave a Reply

Your email address will not be published.