Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयको विज्ञमा क्यानका महासचिव अधिकारी मनोनयन 


काठमाडौं । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ ।

संस्कृत, पयटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको यो कार्यालययले रचना दर्ता अन्तर्गत सफ्टवेयर प्रणालीको दर्ताका सम्बन्धमा पेश भएका कागजात लगायतको अध्ययनका तथा प्रमाणीकरणका लागि अधिकारीलाई विज्ञमा मनोनयन गरेको हो ।

सफ्टवेयरका सोर्सकोड, आइडिया, प्रडक्ट लगायत सूचना प्रविधिमा आधारित वस्तु तथा सेवामा आफ्नो प्रतिलिपि अधिकार कायम राख्न चाहने व्यक्ति तथा संस्थाले पेश गरेको कागजातको अध्ययन तथा प्रमाणीकरणमा विज्ञ अधिकारीले सहजीकरण गर्नेछन् ।

सूचना प्रविधिसम्बन्धी विभिन्न सेवाको विकास तथा प्रयोग भइरहँदा यससम्बन्धी उत्पादनका निर्माता एवं हकवालाको अधिकारलाई कानूनी रूपमा सुरक्षित गर्न मद्दत गर्ने उनले बताए । साथै आईटी क्षेत्रमा अनाधिकृत प्रतिलिपि, वितरण र तिनीहरूको कामको प्रयोगलाई नियन्त्रण गर्न र सिर्जनाकर्ताहरूको अधिकार संरक्षण तथा उचित क्षतिपूर्ति सुनिश्चित गर्न आफ्नो सहयोग रहने उनले उल्लेख गरे ।


Read Previous

योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ– उपाध्यक्ष डा. श्रेष्ठ

Read Next

चार वर्षे कार्ययोजना सहित नासा नेपालको नयाँ कार्यसमिति चयन

Leave a Reply

Your email address will not be published.