Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

इप्पान कार्यसमिति चयनमा विधान विपरित उम्मेदवारी दर्ता भएको भन्दै रद्धको मागसहित उजुरी


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि भएको उम्मेदवारी दर्तामा केही व्यक्तिले विधान विपरित उम्मेदवारी दर्ता गरिएको भन्दै उजुरी परेको छ ।

मंगलबार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २÷२ जनासहित ३८ जनाको उम्मेदवारी दर्ता गरेका छन् तर विधानको दफा १५ मा इप्पानको कार्य समितिको पदाधिकारीहरुको लागि एक कार्यकाल कार्य समितिमा बसेको हुनुपर्ने उल्लेख छ । सो विपरित उम्मेदवारी दर्ता गरेको भन्दै निर्वाचत समिति समक्ष उम्मेदवारी रद्धको माग गर्दै उजुरी परेको हो । प्रतिष्पर्धी उम्मेदवारहरुले नै उजुरी दिएका छन् ।

उजुरीमा उम्मेद्वारहरु वरिष्ठ उपाध्यक्ष सुर्य अधिकारी, उपाध्यक्षद्धय वीरेन्द्र मल्ल र दीपेन्द्र बम, महासचिव विनोद देवकोटा र सचिवका नारायण कँडेलको उम्मेदवारी रद्ध गर्न माग गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत चिरञ्जीवी खतिवडाले निर्वाचनको सम्बन्धमा विभिन्न उजुरी परेको र उजुरीमा गरिएको मागअनुसार विधान अनुसार भए नभएको अध्ययन गरिने बताए ।

२०७८ सालमा संसोधन भएको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अध्यक्षमा चयन हुनेबेला अर्थात २०८३ देखि मात्र लागू हुने भन्दै उम्मेदवारी रद्ध गरेमा अदालतमा जाने तयारी उजुरी परेका उम्मेदवारहरुको छ । उनीहरुले यसपाली भन्दा पनि अर्को पालीदेखि यो व्यवस्था लागू हुने भएकोले उम्मेदवारी रद्ध नहुने दाबी गरेका छन् ।

प्रतिष्पर्धी उम्मेदवारहरुले भने विधानमै आँच आउने गरी उम्मेदवारी दर्ता गरेको भन्दै यो स्वत रद्ध हुने दाबी गरेका छन् । इप्पानको नयाँ कार्य समितिको लागि यही जेठ ३२ गते निर्वाचन हुँदैछ । हायात होटलमा हुने इपानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ । उद्घाटनपछि निर्वाचन गर्ने कार्यतालिका छ ।


Read Previous

इप्पान निर्वाचन: ३८ जनाको उमेद्वारी दर्ता,उपमहासचिव र काेषाध्यक्षसहित ५ जना निर्विराेध निर्वाचित

Read Next

इप्पानलाई उम्मेदवारी दर्ता शुल्कबाट मात्र उठ्यो सबा २२ लाख

Leave a Reply

Your email address will not be published.