Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

इप्पान निर्वाचन: ३८ जनाको उमेद्वारी दर्ता,उपमहासचिव र काेषाध्यक्षसहित ५ जना निर्विराेध निर्वाचित


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जनासहित ३८ जनाको उमेद्वारी दर्ता भएकाे छ । इप्पानले म‌ंगलबार प्रकाशन गरेकाे पहिलाे नामावली अनुसार उनीहरुकाे उमेद्वारी परेकाे हाे ।

इपानकाे २५ सदस्यीय कार्यसमिति चयनका लागि अध्यक्षमा गणेश कार्की र किरण मल्लको उमेद्वारी दर्ता भएकाे छ । यस्तै, बरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारीको उमेद्वारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उमेद्वारी  परेको छ ।

५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उमेद्वारी परेको छ ।

उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उमेद्वारी परेको छ । उनीहरू निर्विरोध निर्वाचित भएका छन् ।

५ जना सचिव पदका लागि ६ जनाको उमेद्वारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उमेद्वारी परेको छ ।

१० जना सदस्य पदका लागि १७ जनाको उमेद्वारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बश्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका छन् ।

३ जना महिला सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यहि जेठ ३२ गते निर्वाचन हुँदैछ । हायात होटलमा हुने इपानकाे २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ ।


Read Previous

आईएफसीमार्फत ६७ जलविद्युत् परियोजना लाभान्वित, दिगोपना र ऊर्जा उत्थानशीलतालाई बढावा

Read Next

इप्पान कार्यसमिति चयनमा विधान विपरित उम्मेदवारी दर्ता भएको भन्दै रद्धको मागसहित उजुरी

Leave a Reply

Your email address will not be published.