Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

इप्पानलाई उम्मेदवारी दर्ता शुल्कबाट मात्र उठ्यो सबा २२ लाख


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि कुल २५ पदमा ३८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता शुल्क मात्र २२ लाख ३५ हजार रुपैयाँ उठेको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीको लागि १ लाख रुपैयाँ दर्ता शुल्क तोकिएको छ । त्यस्तै, उपाध्यक्षको पदको लागि ९० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने महासचिव पदको लागि ६० हजार रुपैयाँ तोकिएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २र२ जनाको उमेद्वारी दर्ता भएका छ । अध्यक्षमा गणेश कार्की र किरण मल्लको उमेद्वारी दर्ता भएको छ । यस्तै, बरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारीको उमेद्वारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उमेद्वारी परेको छ ।

त्यस्तै, उपाध्यक्षमा ५ पदको लागि ७ जनाको उम्मेद्वारी परेको छ । उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उमेद्वारी परेको छ ।

उपमहासचिव पदका प्रत्यासीको लागि ५५ हजार र सचिव तथा कोषाध्यक्ष पदका प्रत्यासीको लागि ५० हजार रुपैयाँ तोकिएको छ । यस्तै, सदस्य पदको लागि ४० हजार रुपैयाँ छ ।

उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उमेद्वारी परेको छ । उनीहरू निर्विरोध निर्वाचित भएका छन् । ५ जना सचिव पदका लागि ६ जनाको उमेद्वारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उमेद्वारी परेको छ ।

१० जना सदस्य पदका लागि १७ जनाको उमेद्वारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका छन् ।

३ जना महिला सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यहि जेठ ३२ गते निर्वाचन हुँदैछ ।


Read Previous

इप्पान कार्यसमिति चयनमा विधान विपरित उम्मेदवारी दर्ता भएको भन्दै रद्धको मागसहित उजुरी

Read Next

कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी

Leave a Reply

Your email address will not be published.