Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

निजी क्षेत्र विद्युत व्यापारमा आउने नीतिगत व्यवस्थाका लागि पहल गर्न मेराे भूमिका हुनेछः कविता पाेखरेल


म कविता पोखरेल (कडेल ) ले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को नयाँ कार्यसमिति चयनका लागी आगामी जेठ ३२ गते हुन लागेको निर्वाचनमा गणेश कार्की प्यानलबाट सचिव पदमा आफ्नो उम्मेदवारी दिएकी छु । म हाल इपानको कार्य समिति सदस्यको जिम्मेवारी बहन गरिरहेको छु । र, अहिले बटुलेको अनुभवबाट अर्को कार्यसमितिमा अझ बढी योगदान दिन सक्छु भन्ने उद्देश्यले अहिले सचिव पदमा उम्मेदवारी दिँदैछु ।

मैले अर्थशास्त्रमा स्नातकोत्तर गरेको छु र म सँग २३ वर्षको बैकिङ्ग तथा ८ वर्षको ऊर्जा क्षेत्रमा काम गरेको संयुक्त अनुभव छ। सन् २०१५ बैंकको जागीर छोडेर आफैँ केही गर्ने उद्देश्य अनुरुप लघुवित्त र ऊर्जा क्षेत्रमा हात हालेकी हुँ । हाल म आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक समुहबाट संचालक रहेको छु । त्यस्तै, ऊर्जा क्षेत्रमा संचालनमा आएको २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको प्रवर्द्धक लिबर्टी इनर्जीको संचालकको रुपमा पनि काम गर्दै आएको छु। साथसाथै, २५ मेगावाटको इलेप तातोपानी, ७ मेगावाटको मेनचेत खोला जलविद्युत आयोजना र ४.५ मेगावाटको गशली खोला जलविद्युत आयोजना को प्रवर्द्धक हिमशिला पावर कम्पनीमा पनि मेरो संलग्नता छ ।

इपान सचिवमा मेरो उम्मेदवारी किन ?

इपान ऊर्जा प्रवर्द्धकहरुको छाता संस्था भएको कारणले यस क्षेत्रमा हुँदै गरेको समस्या समधानमा सहयोग गर्नु नै मैले आफ्नो पहिलो कर्तव्य ठानेको छु ।

निम्न समस्याहरुको समधान गर्न कार्य समिति मार्फत पहल गर्न सहयोग गर्नेछु :

१. PPA समय समयमा PPA रोकिइ जलविद्युत पवद्र्धकहरु अप्ठ्यारोमा परिरहेका छन् । हाल १५०० मेगावाटको PPA खुलेपनि PPA प्रक्रिया भने निकै लम्बिएको छ । अरु बाँकी २२०० मेगावाटका आयोजनाको पनि PPA गर्न पहल गर्नेछु ।

२. सर्वेक्षण अनुमति पत्र सर्वेक्षण अनुमति पत्रको अवधी ५ बर्षको हुने गर्छ। यस अवधिमा PPA हुन सकेन भने सो अनुमति पत्र खारेज हुन्छ । एउटा सरकारी निकाय विद्युत विकास विभागले अनुमति पत्र प्रदान गर्ने अर्को निकाय नेपाल विद्युत प्राधिकरणले PPA नगर्ने ,अनि फेरी विद्युत विकास विभागले लाइसेन्स खारेज गर्ने परिस्थिति सिर्जना भएको छ । यसको समाधानको लागी पहल गर्नेछु ।

३. विद्युत व्यापारको अनुमति नीजि क्षेत्रलाइ २०१९ सम्म हामी लोडसेडिङमा थियौ। आज आएर बर्षा याममा विद्युत बचत हुने र सो बचत भएको विद्युत खेर जाने समस्या रहिआएको छ । यसको लागी हामीले छिमेकी मुलुकमा विद्युत निर्यात गर्नै पर्ने हुन्छ । हाल विद्युत ऐनमा सो सम्बन्धी व्यावस्था नभएकै कारणले गर्दा नीजि क्षेत्रले विद्युत ब्यापार गर्ने अनुमति पाएको छैन । इपान ले सरकार समक्ष विद्युत व्यापारको अनुमति माग गरिरहेको छ । सो को लागी पहल गर्नेछु ।

४. Contingency बर्षा याममा समय समयमा नेपाल विद्युत प्रधिकरणको load dispatch center बाट contingency भन्दै विद्युत प्रवद्र्धनको उत्पादित बिजुली लाइन काटिने समस्या रहिआएको छ । यस समस्याको समधानको लागी पनि पहल गर्नेछु।

५. संस्थापक शेयरको लकिङ्ग पिरियड बेला बेला जलविद्युत आयोजनाको संस्थापले शेयर बिक्रि गर्न नपाउने नियम लागू हुने हल्ला चलिरहेको छ । केही समय अगाडी विद्युत नियमन आयोगको निर्देशिकाले पनि लगानीकर्तालाई संस्थापक शेयर बिक्रि गर्न लामो समय प्रतिबन्ध लगाउने भन्ने कुरा अएको थियो । इपानकै पहलबाट आपसी छलफल गरी यो मुद्दालाई सल्टाइएको थियो । जलविद्युत आयोजनाहरु तीस बर्ष पछि सरकारलाई बुझाउन पर्ने भएको कारणले अन्य संस्थाहरु जसको स्वामित्व रहिरहन्छ त्यो सँग तुलना गर्न त्यति सान्दर्भिक हुन सक्दैन।

६. बैकिङ्ग अन्य देशमा प्रोजेक्ट फइनान्स भनेको Non-resource बाट हुन्छ । तर नेपालमा भने प्रवद्र्धकहरुको Personal Guarantee दिनु पर्ने हुन्छ । निर्माण चरण सम्पन्न भएर संचालमा आएका आयोजनामा नेपाल विद्युत प्रधिकरण बाट सोझै बैङकमानै भुत्तानी हुने हुदा निर्माण सम्पन्न आयोजनामा प्रवद्र्धकको personal guarantee सम्बन्धमा पहल गर्ने छु । जलविद्युतको आय निश्चित हुन्छ तर बैङकको ब्याजदर परिवर्तित हुने हुँदा आयोजनाको खर्च बढ्न जाने र भुक्तानीमा भने समय बढी लाग्ने गरेको छ । बैङकको ब्याज स्थिर गर्नको लागी पहल गर्ने छु ।

७. ऊर्जा क्षेत्रमा महिलाको सहभागिता बढाउन पहल गर्नेछु ।

८. इपानको Women in Energy Nepal लाई अझ बढी सशक्त बनाउने प्रयास गर्नेछु ।

९. कार्यसमितिबाट आएका अन्य विद्युत प्रवर्द्धकका समस्याहरू समधान गर्न पहल गर्ने छु ।


Read Previous

कान्ति राजमार्ग : पहिरो रोकथाम गरेर मात्रै स्तरोन्नति

Read Next

प्रतिभा डबली कार्यक्रमको इन्क्युबेशन आजदेखि सुरु

Leave a Reply

Your email address will not be published.