Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

प्रतिभा डबली कार्यक्रमको इन्क्युबेशन आजदेखि सुरु


काठमाडाैं । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा  यहि जेठ २८ देखि ३२) गते सम्म आइडिया स्टुडियो नेपालको सभाहल, बागबजारमा निजामती कर्मचारीहरुको नवीन साेच/प्रतिभा प्रष्फुटनका लागि पाँच दिने इन्क्युबेशन कार्यक्रम आजदेखि सुरुवात भएको छ |

आज सम्पन्न औपचारिक कार्यक्रममा प्रतिभा डबलीको गत वर्षकी विजेता खानेपानी मन्त्रालयकी बिजेता सुवेदीले आफ्नो प्रतिभा यात्राको अनुभवको बताइन् | नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नारायण प्रसाद अर्याल र आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आवेदन फारमको माध्यमबाट प्राप्त निबेदनहरुमध्ये उत्कृष्ट १० आइडियालाई इन्क्युबेशनको लागि छनोैट गरिएको थियो | कार्यक्रममा राष्ट्रसेवकका रुपमा रहेका निजामती कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाहसंगै नीति तर्जुमा तथा कार्यान्वयन, सेवा प्रवाह र विकास निर्माण लगायतका क्षेत्रलाई थप क्रियाशिल, व्यवहारिक र व्यवस्थित कसरी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न विशेषज्ञहरुको माध्यमबाट तालिम तथा परामर्श, यस पाँच दिने इन्क्युबेशन कार्यक्रमको मुख्य उद्देश्य हो |

इन्क्युबेशनमा विभिन्न कार्य क्षेत्रका सहभागीहरूको विचारलाई परिष्कृत गरि अन्तिम पिचको लागि तयारी गरिनेछ। इन्क्युबेशन कार्यक्रमले सहभागिहरुको सोचलाई सहयोग, सिकाइ र वृद्धिको लागि अनुकूल वातावरण प्रदान गर्नेछ, जहाँ सहभागीहरूले नयाँ दृष्टिकोणहरू अन्वेषण गर्न, बहुमूल्य अन्तरदृष्टि प्राप्त गर्न र निजामती कर्मचारीले सामना गर्ने चुनौतीहरूको लागि नवीन समाधानहरू विकास गर्न सक्छन्।

प्रतिभा डबली कार्यक्रमको अन्तिम चरणबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र तोकिएको पुरस्कार प्रदान गरिने छ । प्रतिभा डबलीको अन्तिम चरणको कार्यक्रम असार ४ मा हुने छ |


Read Previous

निजी क्षेत्र विद्युत व्यापारमा आउने नीतिगत व्यवस्थाका लागि पहल गर्न मेराे भूमिका हुनेछः कविता पाेखरेल

Read Next

सिञ्जामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार

Leave a Reply

Your email address will not be published.