Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नेपाली प्रतिनिधिमण्डल इफाप्काको ४२ औं मिडटर्म बैठकमा सहभागी हुन मंगोलिया प्रस्थान


काठमाडौं । नेपाली प्रतिनिधिमण्डल नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४२ औं मिडटर्म बैठकमा सहभागी हुन शुक्रवार राति मंगोलिया प्रस्थान गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको २२ सदस्यीय टोली मंगोलियाको राजधानी उलानबाटोरमा जेठ ३२ बाट शुरु हुने बैठकमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरे लगायतले बिदाइ गरे । असार २ गते सम्म चल्ने बैठकमा इफाप्कामा आबद्ध १८ राष्ट्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

हाल इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बैठकको अध्यक्षता गर्नुहुनेछ । बैठकका क्रममा विभिन्न फोरममा निर्माण उद्योगमा देखिएको चुनौती र तिनको समाधान, दिगो विकासको युग लगायतका विषयमा केन्द्रीत रही विज्ञहरूबीच छलफल हुनेछ । साथै नेपालमा हुने ४६ औं इफाप्का सम्मेलनको तयारी बारे पनि बैठकमा परामर्श हुनेछ ।

मंगोलियाको राजधानी उलानबाटोर पुग्नु अघि नेपाली प्रतिनिधिमण्डलले केही दिन दक्षिण कोरियामा रहँदा छोटो अवधिमा दक्षिण कोरियाले भौतिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको प्रगतिबारे स्थलगत अवलोकन गर्नेछ । इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।


Read Previous

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

Read Next

आन्तरिक विद्युत खपत वृद्धि र अन्तरदेशीय बजार व्यस्थापनमा सहयाेग पुग्ने गरी काम गर्छुःखतिवडा

Leave a Reply

Your email address will not be published.